चितवन/ चितवन प्रहरीले अवैध चाँदीका गरगहना बरामद गरेको छ । । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका ११ स्थायी भई हाल नवलपुरको गैंडाकोट नगरपालिका ५ बस्ने २४ वर्षीय कुमार विक रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालयबाट चेकिङ्गको लागि खटिएको टोलिले बुधबार अपरान्ह ५ बजे भरतपुर महानगरपालिका वडा नं. ११ स्थित भोजाड–पदमपुर सडक खण्डमा अवैध चाँदी बरामद गरिएको हो ।करिव २ लाख २८ हजार १९७ रुपैयाँ बराबरको १७९ तोला २८ लाल चाँदी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । प्रहरीले उनी सवार प्र ०३-००२ प ७०६६ नम्बरक्को पल्सर मोटरसाइकल पनि बरामत गरेको छ । उनलाई बरामद भई चाँदीसहित आवश्यक कारवाहीको लागी बुधवार राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको डिएसपी अधिकारीले जानकारी दिए ।
Advertisement




