रत्ननगर/आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्यको रुपमा रहेको नेपालकै मध्यभाग चितवनको सौराहा, पटिहानी, गोलाघाट लगायतका स्थानहरुमा सञ्चालन भएका होटल तथा रेष्टुरेण्टहरुमा दक्ष एवम् अनुभवी कामदारहरुको अत्याधिक माग बढिरहेको अवस्थालाई मध्यनजर गर्दै चितवनको रत्नननरमा अन्तर्राष्ट्रियस्तरको होटल व्यवस्थापन शिक्षा दिने उद्देश्य अनुरुप एक्सप्लोर हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमीले आफ्नो सेवा प्रदान गरिएको छ ।
काठमाडौँको कालीमाटीमा एक दशकदेखि सञ्चालनमा आइरहेको एकेडेमीले चितवनको रत्ननगरमा होटल व्यवस्थापन शिक्षाको प्रभावकारिता महशुस गरी २०७६ सालदेखि एकेडेमी शुरु गरिएको निर्देशक मनोज अधिकारीले जानकारी दिनुभयो ।
चितवन पर्यटकीय गन्तव्यसँगै अन्य धेरै क्षेत्रहरुमा अग्रणी भूमिका राख्दै आएको जिल्ला पनि हो । यहाँ रहेका पर्यटकीय स्थलहरुमा सञ्चालनमा रहेका होटल तथा रेष्टुरेण्टहरुमा होटल व्यवस्थापन शिक्षाको महत्वपूर्ण भूमिका हुने देखिएकोले आफ्नो टिमले एकेडेमी शुरु गरिएको निर्देशक अधिकारीले जानकारी दिनुभयो ।
एकेडमीमा डिप्लोमा तहको ६ महिनाको कोर्षदेखि अल्पकालिन तालिमहरु सञ्चालन गरिँदै आएको छ । एकेडमीमा ६ महिनाको कोर्ष पूरा गरेपछि एकवर्षसम्म नेपालकै प्रख्यात होटलमा प्रशिक्षार्थीको रुपमा काम सिकाएर रोजगारीको लािग छिमेकी मुलुक भारत, चिन, कुबेत, दुबई र माल्टा जस्ता देशहरु पठाउने गरिएको एकेडमीले जनाएको छ । एकेडेमीमा सञ्चालित कुनै पनि कोर्ष गर्नको लागि एसईई वा प्लस टु पास गरे पुग्छ भएकाले विदेश जान चाहने जो कोहीले पनि होटल व्यवस्थापन सम्बन्धी सिप लिनको लागि एकेडेमीमा शिक्षा लिन सक्ने व्यवस्था गरिएको छ ।
एक्सप्लोर हस्पिटालिटी एण्ड कुलिनरी एकेडमीले रत्ननगरकै पञ्चकन्या विद्यामन्दिरसँग सहकार्य गरेर कक्षा ११ र १२ मा होटल व्यवस्थापन पनि पढाउँदै आएको एकेडेमीका निर्देशक अधिकारीले बताउनुभयो ।
नौ कठ्ठा क्षेत्रफलमा सञ्चालित एकेडेमीमा दक्ष एवम् अनुभवी प्रशिक्षक, अत्याधुनिक भौतिक पूर्वाधारसहितको ल्याब सहित आफ्नै किचन, रेष्टुरेन्ट सञ्चालनमा छ ।
सुलभ र सस्तो शुल्कमा अध्ययन गराईने भएकोले एकेडेमीमा रुकुम, कालिकोट, रौतहट, सर्लाही, पर्सादेखि विद्यार्थीहरु आउने गरेका छन् । एकेडेमीले निकट भविष्यमा आफ्नै सुविधा सम्पन्न ब्याङ्क्वेट सञ्चालनमा ल्याउने तयारी समेत गरिरहेको छ । ¬¬¬
अन्तराष्ट्रियस्तरको होटल व्यवस्थापन शिक्षाको लागि “एक्सप्लोर एकेडेमी”
अन्तराष्ट्रियस्तरको होटल व्यवस्थापन शिक्षाको लागि “एक्सप्लोर एकेडेमी”
Advertisement
तपाईको प्रतिक्रिया




