• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

आदर्श नारी विकास केन्द्रद्धारा ४० आदर्श आमा सासुआमा सम्मानित


  •   मङ्गलबार, जेठ १७, २०७९ मा प्रकाशित
  • भरतपुर/नेपाली काग्रेसकी केन्द्रीय सदस्य शान्ती परियार र भरतपुर महानगरपालिका वडा नम्बर ३ बाट भर्खरै निर्वाचित दलित महिला सदस्य निशा परियार सामाजिक र राजनीतिमा सक्रिय छन् । उनीहरुलाई सामाजिक कार्यमा दिन रात उत्प्रेरणा दिने आमा भने सधै गुमनाम जस्तै हुनुहुन्थ्यो । आर्दश नारी विकास केन्द्रले संस्थाको स्थापना दिवस पारेर तिनै पर्दापछाडी बसेर छोरीहरुलाई हौसला साहस र उत्प्रेरणा दिनुहुने आमा दुर्गामाया परियारलाई आर्दश आमाबाट सम्मान गरेको छ । दुर्गामाया सधै छोरीको सफलतामा नै खुसी भई घरमै रहनुहुन्थ्यो । संस्थाले बोलाएर आफुलाई सम्मान गरेकोमा उहाँको खुसीको सीमै थिएन । दुर्गामाया भन्नुहुन्छ “म अशिक्षित र नबुझेको मान्छे, मेरो कामको पनि आदर्शले मुल्याकंन हुने रहेछ । आज म निकै खुसी छु ।” दुर्गामाया मात्र होइन भर्खरै गैडाकोट नगरपालिका २ बाट दलित महिला सदस्यमा निर्वाचित सकिला परियारकी आमा भइसरी परियारको पनि आज खुसीको सीमा थिएन । सधैभरी छोरी सकिलाको सफलतामा रमाउने आमा आज आफै सम्मानित हुनुभएको थियो । आमा भन्नुहुन्छ “मलाई यो सम्मानले मेरो जीवन सार्थक बनेको अनुभुति भयो ।” यति धेरै छोरीहरुलाई आर्शिवाद दिन पाउनु मेरो गर्वको कुरा हो ।
    सामाजिक कार्यमा सक्रिय अभियन्ताका आमा तथा सासुहरुलाई आदर्श नारी विकास केन्द्रले आज आदर्श आमा तथा सासुआमाबाट सम्मान गरेको हो । आफ्ना छोरी तथा बुहारीलाई निस्फ्रिकी सामाजिक कार्यमा लाग्न प्रेरणा दिनुहुने आमाहरुलाई केन्द्रले आफ्नो ३१ औं स्थापना दिवस पारेर सम्मान गरेको हो । संस्थामा आवद्ध सदस्यका ७० बर्ष पुरा गर्नुभएका १० जना आमा तथा ३० जना सासुआमाुहरुलाई आर्दश आमाबाट सम्मान गरिएको हो । सो अवसरमा सामाजिक कार्यमा अनवरत खटिने ४ जना नारीलाई पनि सम्मान गरिएको छ । आदर्श सामाजिक अभियताबाट सस्थाका संस्थापक अध्यक्ष सीता सापकोटा, निर्वतमान अध्यक्ष सरिता केसी, सल्लाहकार सावित्री कडेल र नारी अभ्युदय केन्द्रका संस्थापक अध्यक्ष कस्तुरी श्रेष्ठ सम्मानित हुनुभएको छ ।

    Advertisement


    आदर्श सामाजिक अभियन्ताबाट सम्मानित सरिता केसीलाई आज डबल खुसी मिल्यो । उहाँकी आमा पार्वती क्षेत्री आफैले जन्माएको संस्थाबाट सम्मानित हुनुभएको थियो । सम्मानपछि भावविह्वल भएकी पार्वतीले सीतासापकोटा मीनाखरेल र सरिता केसीले सामाजिक व्यतिथिको विरुद्ध हिड्ने छोरीहरुले नै आफुलाई सम्मान गर्दा हर्षविभोर भएको प्रतिक्रिया दिनुभयो ।
    सरिता, अनिता, निशा, शान्ती र सकिला जस्ता छोरी मात्र होइन बुहारीलाई पनि निस्फ्रिक्री सामाजिक कार्यमा लाग्न प्रेरणा दिनुहुने सासुआमा पनि आर्दश सासुआमा बाट सम्मानित हुनुुभएको छ । यीनै सासुआमा मध्येकी एक हुनुहुन्छ इन्दु पण्डितकी सासुआमा । पण्डितलाई अगाडी बढाउन उहाँकी सासु ९२ बर्षीय लक्ष्मी पण्डितको योगदान महत्वपुर्ण छ । तर उहाँकी सासुको नाम कहिल्यै कहि कतै आउंदैन । केन्द्रले आज इन्दुकी सासु लक्ष्मीलाई पनि आर्दश सासुआमाको रुपमा सम्मान गरेको छ । यस्तै भगवती गौतमको सासुआमा नन्दकली गौतमपनि आज आदर्श सासुआमाबाट सम्मानित हुनुभयो । यस्तै लक्ष्मी रिमालकी सासुआमा सिता पौडेल पनि आर्दश सासुआमाबाट सम्मानित हुनुभएको छ । यस्तै आदर्श लगायत विभिन्न संघसंस्थामा नेतृत्वमा रहेर सामाजिक कार्य गर्दै आउनुभएकी शोभा गौतमकी सासुआमा नेत्रकुमारी गौतम,विमला सापकोटाकी सासुआमा चन्द्रकला सापकोटा, सजना तिमल्सेनाकी सासुआमा लिलाबती तिमल्सेनालगायत ४० जना आमा तथा सासुआमाहरु सम्मानित हुनुभएको हो ।


    संस्थाका अध्यक्ष मीना खरेलले आफुहरुलाई सामाजिक अभियानमा हिड्न उत्प्रेरणा आर्शिवाद र हौसला प्रदान गर्नुहुने आमाहरुलाई सम्मान गर्न पाउंदा आफुमा सन्तुष्टि मिलेको बताउनुहुन्छ ।
    कार्यक्रममा पुर्व सहायक मन्त्री सावित्री बोगटी, भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ता कुमारी पौडेल, चितवनका प्रहरी प्रमुख नवराज अधिकारी, संस्थापक अध्यक्ष सीता सापकोटा,निर्वतमान अध्यक्ष सरिता केसी, सल्लाहकार सावित्री कडेल, नारी अभ्युदय केन्द्रकी संस्थापक अध्यक्ष कस्तुरी श्रेष्ठ लगायतले आमाहरुले पर्दा पछाडी बसेर समाजमा पुर्याउनुभएको योगदानको प्रसंसा गर्नुभएको थियो ।
    यसैबीच आज सोमबारे औशी परेको छ । यसै दिनको अवसरमा सम्पुर्ण पितृहरुको उद्धारका लागि भन्दै समाजसेवी टकनाथ पौडेलले सबै आमाहरुलाई खाजावापतको रकम सहयोग गर्नुभयो । यस्तै संस्थाका अध्यक्ष मीना खरेल, उपाध्यक्ष उषा खरेल सुवेदी, कार्यसमिती सदस्य अनिता केसी, शोभा गौतम, लक्ष्मी गुरुगं र कार्यक्रमको खर्च सहयोग गर्नुभएको छ ।

    मङ्गलबार, जेठ १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.