खैरहनी/ चितवनको खैरहनी नगरपालिकामा एक पुरुषले श्रीमतीलाई बन्धक बनाई कुटपिट गरेका छन् । खैरहनी नगरपालिका – १० का रामचन्द्र माझीले श्रीमतीलाई पटक–पटक कुटपिट गर्ने गरेको र बिहीबार राती बन्धक नै बनाएर कुटपिट गरी संवेदनशिल अङ्ग गुप्ताङ्गमा हात हालेर पाठेघरमा चोट पु¥याएको इलाका प्रहरी कार्यालय खैरहनीले जानकारी दिएको छ । कुटपिटबाट घाइते महिलाको भरतपुर अस्पतालमा उपचार भईरहेको र कुटपिटको आरोपमा प्रक्राउ परेका पीडितका श्रीमान रामचन्द्रलाई पक्राउ गरी अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय खैरहनीले जानकारी दिएको छ ।
Advertisement




