नेपाली काङ्ग्रेसका उप सभापति पुर्ण बहादुर खड्काले आन्तरिक कुरो जथाभावी सार्वजनिक नगर्न नेता कार्यकर्तालाई निर्देशन दिनु भएको छ । उप सभापति खड्काले आसन्न चुनाबमा दुइ तिहाइ ल्याउने गरि लाग्न पनि सबै नेता तथा कार्यकर्तालाई आग्रह गर्नु भयो । नेपाली कांग्रेस चितवनले स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रमलाई आज भरतपुरमा सम्बोधन गर्दै उप सभापति खड्काले काङ्ग्रेसमा सुधारको जरुरत नभएको तर जनतासग गर्ने व्यबहारमा सुधार ल्याउनु पर्ने समय आएको पनि बताउनु भयो । उहाँले हाम्रा कमजोरीहरुलाइ हासी हासी स्वीकार गर्ने बेला आएको भन्दै मतदाताले काङ्ग्रेसलाई फेरि एक चोटि हेर्न चाहेको बताउनु भयो । स्थानीय तहको परिणामले मतदाताले काङ्ग्रेस नै चाहेको छ खड्काले भन्नू भयो, बिगतका अपठयाराहरुमा जस्तै अहिले पनि काङ्ग्रेस नै चाहेको स्मरण गराउनु भयो । उहाँले संविधान र जनताको हक अधिकारको रक्षा गर्न काङ्ग्रेसको ठुलाे भुमिका रहेको भन्दै सिहदरबार देखि वडा तह सम्मको अधिकार प्रतिनिधित्व गर्न नेपाली जनताले काङ्ग्रेस नै चाहेका छन उप सभापति खड्काको भनाइ छ । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु शंकर भण्डारी, टेकप्रसाद गुरुङ, नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ लगाएतले बाेल्नु भएकाे थियाे । निर्वाचित जनप्रतिनिधिलाई जनताका गुनासा टिपोट गरेर समाधान गर्न कलम र कपि उपहार दिइएको थियाे । कांग्रेसबाट चितवनमा निर्वाचित भएका जनप्रतिनिधिहरुमा २ जना प्रमुख, ३ जना उपप्रमुख, ४० जना वडाध्यक्ष, ३५ जना महिला सदस्य, ३६ जना दलित महिला सदस्य, ८४ जना खुल्ला सदस्य गरि २ सय ३ जना निर्वाचित भएका थिए ।
आन्तरिक कुरो जथाभावी सार्वजनिक नगर्न नेता कार्यकर्तालाई निर्देशन : उप सभापति खड्का
आन्तरिक कुरो जथाभावी सार्वजनिक नगर्न नेता कार्यकर्तालाई निर्देशन : उप सभापति खड्का
तपाईको प्रतिक्रिया




