चितवन /मे २५ अर्थात् विश्व थाइराइड दिवस। विश्व थाईराईड दिवसको अवसरमा भरतपुरमा रहेको भरतपुर सामुदायिक अस्पतालले मेडिसिन ओपिडि टिकट र थाईराईड शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । अस्पतालले विश्व थाइराइड दिवसका दिन यो सुविधा दिन लागेको हो । थाईराईड विशेषगरी पुरुषमा भन्दा महिलाहरुमा बढी देखापर्दछ । ‘थाईराईड रोग होईन यो हाम्रो घाटीमा हुने एक प्रकारको ग्रन्थी हो। थाइराईड ग्रन्थीमा समस्या भयो भने थाईराईडको समस्या भएको मानिन्छ’ अस्पतालका वरिष्ठ फिजिसियन तथा थाईराईड रोग विशेषज्ञ डा. महेन्द्र कुमार अग्रहरीकाले बताए , ‘यसको समस्या भएमा महिनावारीमा अनियमितता, श्वास फेर्न गाहो हुने, सुनिने, दुब्लाउने मोटाउने, पसिना आउने, नआउने, गर्मी हुने, नहुने, रौं खस्ने, घाटी चिलाउने लगायतका लक्षण देखिन्छन् ।’ बिहान ८ बजेबाट साँझ ५ बजेसम्म आउने बिरामीले यो सेवा पाउने छन् ।
मेडिसिन ओपिडि टिकट र थाईराईड शुल्कमा ५० प्रतिशत छुट दिने
मेडिसिन ओपिडि टिकट र थाईराईड शुल्कमा ५० प्रतिशत छुट दिने
तपाईको प्रतिक्रिया




