नेपाल र नेपालीको मौलिक पहिचानलाई जापानमा परिचित बनाउदै नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाली राजदूतावास जापान र एनआरएनए जापानको संयुक्त आयोजनामा आगामी जुलाई ३० र ३१ तारिक आयोजना गरिन लागिएको छ । १२ औ नेपाली फेस्टिवलको रूपमा जापानको नाकानो कु को एक पार्कमा आयोजना गरिन लागिएको सो फेस्टिवललाई व्यवस्थित रूपमा संचालन गर्नको लागि एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलको संयोजकत्वमा ‘नेपाल फेस्टिवल-२०२२’ मूल आयोजक समिति गठन गरिएको एनआरएनए जापानका प्रवक्ता सुवास लामिछानेले जानकारी दिए । नेपाल फेस्टिवललाई व्यवस्थित र उद्देश्य अनुरूप संचालन गर्नको लागि विभिन्न ९ वटा विभाग गठन गरि आवश्यक तयारीमा लागिएको छ प्रवक्ता लामिछानेले बताए ।
नेपाल फेस्टिवल २०२२ मूल आयोजक समितिको संयोजक पौडेल, सह-संयोजक कोमियामा योशिहारुप्रचार प्रसारको संयोजक रामकृष्ण श्रेष्ठ, स्टल स्टेज व्यवस्थापन संयोजकमा सुवास लामिछाने, अतिथि सत्कार संयोजकमा संगिता अधिकारी सुवेदी, आर्थिक संकलन संयोजकमा नबिन निउरे, कार्यक्रम संचालन एवं कार्यतालिका व्यवस्थापन संयोजकमा सिद्धार्थ श्रेष्ठ, फोहोर व्यवस्थापन एवं स्वयंसेवक परिचालन संयोजकमा राकेश लामा सांस्कृतिक एवं मनोरञ्जन व्यवस्थापन संयोजकमा रामकृष्ण बम मल्ल, स्टल सामान बाँडफाँड व्यवस्थापन संयोजकमा राम थापा अनिल, स्टल खाना अनुगमन संयोजकमा अञ्जु भण्डारी रहेका छन भने मूल आयोजक समितिको सचिवमा सिद्धार्थ श्रेष्ठ सहसचिवमा कमल बाँस्तोलालाई तोकिएको छ ।
नेपाल फेस्टिवल सम्पूर्ण जापानवासीहरुको साझा कार्यक्रम भएको जनाउँदै एनआरएनए जापानले फेस्टिवलमा जापानमा रहेका सबै संघसंस्थालाई सह संयोजकको रुपमा राखेर कार्य नेपाली फेस्टिवललाई सफल बनाइने बताईएको छ ।
यस बाहेक फेस्टिवल आयोजना गर्न आवश्यक आर्थिक व्यवस्थापनको लागि ५ मान माथि जापानी येन आर्थिक सहयोग गर्ने संघसंस्थालाई पनि सह आयोजकका रुपमा राखेर कार्यक्रम सफल बनाइने प्रवक्ता सुवास लामिछानेले जानकारी दिए ।




