मेघौली/आगामि २ वर्षे कार्यकालको कार्ययोजना पेश गर्दै सकियो चितवन उद्योग संघको विशेष कार्ययोजना तर्जुमा गोष्ठी । चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिषकुमार मोर प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि मोरले दुईवर्षे कार्ययोजना गोष्ठीले उद्योग र उद्योगीहरुको हकहितको लागि काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले नेपाल सरकारले उद्योगीहरुको नीतिगत सुधारका विषयमा सहकार्य गरेर जानुपर्ने धारणा समेत राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता गुरुङ, भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललगायतले कार्ययोजना तर्जुमा गोष्ठीको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्ययोजना तर्जुमा गोष्ठीमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, चितवन उद्योग संघका गभर्निङ काउन्सिलका अध्यक्ष हरिप्रसाद सुवेदी, चितवन उद्योग संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडी, संघका पूर्व अध्यक्षहरु, भरतपुर महानगरपालिका कार्यालयका उपप्रमुख पार्वती शाह, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय, चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, कालीबहादुर गण भरतपुर व्यारेकका प्रमुख सेनानी विज्ञान खनाल, नवलपुर उद्योग संघका अध्यक्ष कृष्ण गौतम, आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत सुव रिजाल, शसस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनका सशस्त्र प्रहरी उपरिक्षक खेमबहादुर थापा, घरेलु तथा साना उद्योग कार्यालयका बरिष्ठ उद्योग अधिकृत रमेश कर्माचार्य, जिल्ला प्रहरी कार्यालयका डिएसपी एकनारायण कोइराला, औद्योगिक सुरक्षा गुल्म नं. २३ का सशस्त्र प्रहरी नायव उपरीक्षक विनोद खतिवडा, जिल्लाका सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरु, चितवन उद्योग संघका पदाधिकारी एवं कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सूर्यप्रसाद न्यौपानेले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।




