खैरहनी/पूर्वी चितवनको खैरहनी दुई वटा बसमा आगलागी भएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं १, ज्यामिरेस्थित मेट्रो पेट्रोल पम्प पछाडि शनिबार बेलुकी पार्किङ गरिराखेको झवनाथ पाठकको ना५ख ४०६२ र ना५ख ४०६४ नम्बरको बसमा अचानक आगलागी हुँदा दुवै बस जलेर नष्ट भएको छ भने सोही स्थानमा पार्किङ गरिराखेको ना५ख ७४५ नम्बरको बसको ढोका साइडको झ्याल ढोका र बा४ख ३३७८ नम्बरको बसको पछाडि भागमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ । प्रहरी, सेना र दमकलको सहायताबाट आगो नियन्त्रणमा लिइएको हो । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।
Advertisement




