भरतपुर/भरतपुर महानगरपालिका क्षेत्रका अधिकांश युवादेखि जेष्ठ नगारिकले विकासप्रेमी, अनुभवी उमेदवारलाई मतदात गर्ने इच्छा जोहर गरेका छन् ।
भरतपुर–९ मा बस्ने युवा इच्छा सापकोटाले विगत पाँच वर्षको अवधिमा भरतपुरको मुहार फेरिएको बताइन् । भरतपुर महानगरकी निवर्तमान मेयर रेनु दाहालकै नेतृत्वमा अल्पकालीन र दीर्घकालीन योजनाहरु अगाडि बढेकाले रेनुलाई दोहो¥याउनु पर्ने बताइन् ।
‘महिलाले नेतृत्व गरेको ठाउँमा महिलाका हक, अधिकारलाई स्थापित गर्न पनि फेरि एक पटक रेनु अन्टीलाई नै जिताउँदा राम्रो हुन्छ ।’ युवा विद्यार्थी इच्छाको इच्छा छ– बाँकी रहेका स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गौरवका योजनाहरुलाई समयमा नै सम्पन्न गर्न पनि रेनु दाहाललाई नै भोट दिनुपर्ने उनको भनाइ छ । सामाजिक सञ्जालमा देखिएका पोष्टहरुले पनि त्यतैतिर इंगित गरेको भन्दै उनले गठबन्धनका मेयरका उमेदवार रेनुकै पक्षमा जनलहर बढ्दै गएको बताइन् ।
भरतपुरका ८१ वर्षिय चेतनाथ पौडेल पनि गठबन्धनकै उमेदवारको पक्षमा उभिएका छन् । काम गर्नेलाई भोट हो भन्दै अगाडि थपे ‘पहिले पनि मेयरमा रेनुलाई नै दिएको हो, भरतपुरमा काम रम्रै भएको छ, अहिले पनि रेनुलाई नै दिने विचार छ ।’
भरतपुरकै कृष्णा पौडेलले भ्रष्टाचार रोक्ने उमेदवारलाई भोट दिनुपर्ने विचार राखिन् । उनले भनिन् जसले जिते पनि भ्रष्टाचार र घुसखोरी रोकेर देशको विकास गर्नुपर्छ ।
भरतपुरका ७८ वर्षिय विष्णुप्रसाद सुवेदीले पहिला पनि राम्रा काम गरेका अनुभवीलाई फेरि पनि जिताउनु पर्ने बताउछन् । भरतपुर–९ की सुधा रानाले भन्छिन्– ‘विकासको लाग रेनुले नै जित्नुपर्छ, विगतको विकासलाई हेर्दा वडामा यमलाल र महानगरमा रेनुको हाई हाई छ ।’ उमादेवी वामहासले राम्रो काम गर्ने नेतालाई भोट दिने बताउँछिन् ‘रेनु दाहालले पहिला पनि राम्रो काम गर्नुभएको छ, वडा अध्यक्षको काम पनि राम्रो छ, अब जितेर पनि राम्रो नै गर्नुहोला ।’
उक्त मत जाहेर गर्ने भरतपुर–९ का प्रतिनिधि पात्रहरु मात्रै हुन् । विगत ५ वर्षमा भरतपुर महानगरको २९ वटै वडामा भएको विकासको छलाङलाई हेर्दा अधिकांश मतदाताहरुले मेयरमा रेनुलाई नै दोहो¥याउने सोच राखेका छन् ।

‘रेनु दाहाललाई फेरी मेयर बनाउनु पर्छ’
भरतपुर/भरतपुर महानगर ९ बिहानी टोलका लेखबहादुर परियारले ७५ बसन्त पार गरि सके अझै पनि सक्रिय छन् । कपडा सिलाएर दैनिक गुजारा चलाउँछन् । यो उनको पूख्र्यौली पेशा हो ।
सानो हुँदा हाते मेशिन चलाएर सिलाइको काम सुरु गरेका परियारले अहिले खुट्टाले चलाउने मेशिनबाट कपडा सिलाएर दैनिक गुजारा चलाएका छन् । उनलाई बिजुली बाटचल्ने मेसिन चलाउँने औधि रहर छ । उनी भन्छन ‘बुढेसकाल लाग्यो खुट्टा झुण्ड्याई चलाईरहँदा सुन्निन र करकर खान थालेको छ ।’
२०३७ सालमा धादिङबाट चितवन झरेका तेजबहादुरलाई पछिल्लो चार पाँच वर्षको विकास देख्दा अचम्म लाग्छ । उनी भन्छन् केही वर्ष अगाडि सम्म हाम्रै घर अगाडिको यो बाटो धुलो उडेर हैरान हने अवस्था थियो । जताततै भैसी आहाल बस्ने जस्ता खाल्डा हुन्थे । हिउँदमा धुलोले बर्खामा हिलोले बाटो हिड्न समेत मुश्किल थियो । तर अहिले सबै बाटोहरु पीच भएका छन् । हिउँद वर्खा उस्तै छ ।
राजनीतिका बारेमा खासै नबुझे पनि विकासको बारेमा भने उनले बुझेका छन । यो बाटो बनाउनेहरुलाई फेरीपनि भोट हाल्नु पर्छ भन्छन उनी । ‘यस अघिका चुनावमा के भयो कसलाई भोट हालियो भन्दा पनि यस पटक रेनु दाहाललाई मेयर बनाउनुपर्छ भन्ने सुनेको छु । यो विकास पनि उनैले गरेको भन्ने सुनेको छु फेरी पनि एक पटक रेनु दाहाललाईनै मेयर बनाउनु पर्छ’ उनले भने ।




