• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

गणेशबहादुर स्मृति फुटबल : क्वाटरफाइनल समिकरण पुरा


  •   बुधबार, बैशाख २१, २०७९ मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगरपालिका ११ कैलाश टोलमा जारी पाँचौ स्वर्गीय गणेशबहादुर स्‍मृति जिल्ला स्तरीय खुल्ला नकआउट फुटबलको क्वाटरफाइनल समिकरण पुरा भएको छ । मंगलबार पहिलो चरण अन्तिम खेलहरु सकिएसँगै क्वाटरफाइनल पुग्ने सबै आठ टोलीको टुङ्गो लागेको हो । आज पहिलो खेल आयोजक नारायणी मोटर्स युनिक क्लब ‘बी’ र नयाँबस्ती फुटबल ट्रेनिङ सेन्टरबीच भएको थियो ।
    सोमबार भीषण हावाहुरीसहितको वर्षाका कारण स्थगित भएको खेलको दोस्रो हाफ आज खेलाईएको हो । सोमबार पहिलो हाफ सकिएपछि भीषण हावाहुरीसहितको वर्षाका युनिक ‘बी’ र नयाँबस्तीबीचको खेलको दोस्रो हाफ पोस्टपोण्ड भएको थियो ।
    उक्त खेलमा युनिक ‘बी’ ले नयाँबस्तीलाई टाई ब्रेकरमा ५-४ ले पाखा लगायो । त्यस अघि निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफको पहिलो मिनेटमा नै गणेश हमालले गोल गर्दै युनिक ‘बी’ लाई अग्रता दिलाए थिए । तर २९ औं मिनेटमा आशिष थिङले नयाँबस्तीका लागि बराबरी गोल फर्काए । युनिक ‘बी’ का गोलरक्षक निमशिखर म्यान अफ दि म्याच भए ।

    Advertisement


    आजको अर्को खेलमा नारायणी एफसीले एफसी भरतपुर ९ विरुद्ध रोमाञ्चक जित हात पारेको छ । नारायणीले एफसी भरतपुरलाई ४-३ ले पाखा लगाएको हो । नारायणीको जितमा अजय गुरुङले ह्याट्रिक गरे । यस्तै सोम गुरुङले अर्को एक गोल थपे । एफसी भरतपुरका मिलन दुरा र पर्वत श्रेष्ठले एक-एक गोल फर्काए । एफसी भरतपुरले एक गोल उपहार पायो ।
    नारायणीले सबै चार गोल पहिलो हाफमा गरेको थियो । पहिलो हाफको छैटौं मिनेटमा अजयले गोल गर्दै नारायणीलाई अग्रता दिलाए । १२ औं मिनेटमा सोमले नारायणीको अग्रता दोब्बर बनाए । १९ औं मिनेमा अजयले व्यक्तिगत दोस्रो गोल गरेपछि नारायणीले ३-० को अग्रता लियो ।
    २३ औं मिनेटमा एफसी भरतपुरका मिलनले गोल फर्काए । २५ औं मिनेटमा उसले उपहार गोल पायो । नारायणीका अमृत श्रेष्ठले आत्मघाती गोल गरेपछि खेल एफसी भरतपुरले अग्रता छोट्टायो । २६ औं मिनेटमा अजयले ह्याट्रिक गर्दै फेरि नारायणीको अग्रता लम्बाए । दोस्रो हाफको २९ औं मिनेटमा एफसी भरतपुरका पर्वतले गोल गरे पनि हार टार्न सकेनन् । ह्याट्रिक गरेका नारायणीका अजय म्यान अफ दि म्याच भए ।
    आजको अन्तिम खेलमा आयोजक युनिक ‘ए’ एफसी नौरङ्गेसँग टाईब्रेकरमा ४-५ ले पराजित भयो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुबै तर्फबाट एक-एक गोल भएपछि टाईब्रेकरबाट निर्णय लिईएको हो । जसमा नौरङ्गेले बाजी मार्‍यो ।


    त्यस अघि खेलको चौथो मिनेटमा सुजन बरामले युनिक ‘ए’ लाई अग्रता दिलाएका थिए । नवौं मिनेटमा नौरङ्गेका पदम गुरुङले बराबरी गोल फर्काए । पदम नै म्यान अफ दि म्याच चुनिए ।
    प्रतियोगितामा बुधवारबाट सेमिफाइनल चरणका खेलहरु हुनेछ । बुधवार सेमिफाइनलका दुई खेल हुनेछ । पहिलो खेल दिउँसो २ बजे टाईगर युवा क्लब र पदमपोखरी फुटबल ट्रेनिङ सेन्टर हेटौंडाबीच हुनेछ । दिउँसो ४ बजे दोस्रो खेलमा युनिक क्लब ‘बी’ र नारायणी एफसी भिड्नेछन् ।
    युनिक क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले एक लाख २० हजार तथा उपविजेताले ६० हजार प्राप्त गर्नेछन् । सर्वोकृष्ट खेलाडीले पाँच हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, स्ट्राईकर, उच्च गोलकर्ता तथा उदयमान खेलाडीले नगद तीन-तीन हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल २४ गते हुनेछ ।

    बुधबार, बैशाख २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.