काठमाडाैं /अमेरीकाको टेक्सास राज्यको युलेस सिटीमा नेपाली परिकारहरू पाइने ठमेल बियर गार्डेन संचालनमा रहेको छ । भरतपुर-१०, चितवनका राजेन्द्र सुबेदी र उनका साथीहरू मिलेर उक्त रेष्टुरेन्ट संचालनमा ल्याएका हुन् ।
Advertisement

युलेस सिटीमा नेपालीहरूको बाहुल्यता बढेसंगै नेपालको सम्झना स्वरूप “ठमेल बियर गार्डेन” रेष्टुरेन्टको परिकल्पना गरी नेपाली स्वादको मेन्यु तयार गरी व्यवसाय संचालन गरेको सुवेदीले बताए ।

एक बर्ष देखी संचालनमा रहेको गार्डेन रेस्टुरेन्टमा ६ जना कामदारहरूले रोजगारी पनि पाइरहेका छन् ।
.jpg)




