• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

को हुन् भरतपुर १० वडा अध्यक्षका उमेदवार भक्ती गौतम

  •   सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
  • भरतपुर/त्रिचालिस वर्षे राजनीतिक यात्रामा पहिलोपटक जनप्रतिनिधिका लागि उमेदवार बन्नु भएका नेकपा एमालेका नेता भक्तीप्रसाद गौतम अनुभवी पुराना समाजसेवी हुन् । भरतपुर महानगरपालिका वडा नं. १० निवासी गौतमलाई एमालेले सोही वडाको अध्यक्ष पदमा उमेदवार बनाएर चुनावी प्रतिष्पर्धाका लागि मैदानमा उतारेको छ । एमालेको राम्रो जनाधार भएको वडा नं. १० महानगरकै मुटुको रुपमा रहेको छ । यही वडामा महानगरपालिकाको मुख्य कार्यालय, जिल्लाका सरकारी कार्यालय, ठुला अस्पताल, शैक्षिक सस्था, सुरक्षा निकायका कार्यालय, संघ सस्थाका कार्यालय, आवास क्षेत्र हुदै अहिले बजार समेत यही क्षेत्रमा विस्तार भएको छ ।

    Advertisement

    वि.सं. २०२० साउन १ गते ताप्लेजुङ जिल्लाको फूलावारीमा जन्मनु भएका गौतम २०३५ सालमा दुर्गा माध्यमिक विद्यालयमा प्राक सचिवबाट राजनीतिक यात्रा सुरु गर्नु भएको थियो । राजनीतिमा सक्रिय हुदै २०३६ सालमा क्षेत्रीय कमिटी सदस्य भए जिम्मेवारी पूरा गरेपछि क्षेत्र नं. २ को इन्चार्ज भएर काम गर्नु भयो । त्यसपछि उहाँ अनेरास्ववियूलाई उचाइमा लैजान भूमिका निर्वाह गर्नु भयो । विद्यार्थी आन्दोलनमा सक्रिय गौतम २०४३ सालमा ताप्लेजुङबाट वसाइसराइ गरेर चितवन आउनु भयो । पञ्चायत विरोधी आन्दोलनमा उहाँले पार्टीको निर्देशमा काम गर्नुभयो । जीवन निर्वाह गर्ने क्रममा उहाँ २०४४ सालमा तनहुको आवुखैरहनी सत्रसयफाटमा शिक्षण पेशामा आवद्ध भएर काम गर्नुभयो । पञ्चायती विरुद्ध वहुदलको पक्षमा उहाँको गतिविधि त्यहाँपनि गौतमको रोकिएन । निरंकुश शासन लडाउन सक्रिय भूमिका खेलेको भन्दै राज्यले उहाँलाई २०४५ सालमा थुनामा राख्यो । २ महिना जेल जीवन विताएपछि जागिरे जीवनबाट हात धोएर चितवन आउनुभयो ।

    २०४९ सालमा साविक भरतपुर वडा नम्वर ३ मा नेकपा एमालेको वडा कमिटी सदस्य भएर काम गर्न थाल्नुभयो । २०५४ सालमा भरतपुर नगर कमिटी सदस्य भएपछि लगातार १४ वर्ष उहा नगरकमिटीमा रहेर काम गर्नुभयो । उहाले २०६७ मा नगर कमिटी सचिव, नेकपा एमालेको वुटवलमा सम्पन्न आठौं महाधिवेशनपछि भरतपुर नगर कमिटीको अध्यक्ष भएर राजनीतिक यात्रालाई अगाडि बढाउनु भयो । त्यसपछि उहाँ नेकपा एमालेको जिल्ला कमिटी सदस्य, नगर कमिटी इन्चार्ज, जिल्लाको आठौ अधिवेशनपछि पुन नगर कमिटी इन्चार्ज, निर्वाचन क्षेत्र नं. २ को इन्चार्जको जिम्मेवारी सम्हाल्नु भएको थियो । वर्तमान जिल्ला कमिटी सदस्य स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको छ । पार्टीका अलवा उहाँ किराना व्यवसायी संघको महासचिव, पूर्वेली समाजको महासचिव रेडक्रस सोसाइटी भरतपुरको उपसचिव, विशिष्ट सदस्य भएर काम गर्नुभएको छ । २०६६ देखि २०७२ सम्म भरतपुर नगरपालिकाको राजनीतिक संयन्त्रको प्रतिनिधिका रुपमा रहेर नगरको विकास निर्माणमा भूमिका खेल्नु भएका गौतमले वडा अध्यक्ष निर्वाचित भएमा जनताको सेवकको रुपमा आफ्नो समय खर्च गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । मित्रवत व्यवहार राखेर कार्यालयमा मुस्कान सहितको जनताको सेवामा आफ्नो कार्यकाल पूरा गर्ने उहाले बताउनु भएको छ । वृद्धवृद्धालाई सम्मान, युवालाई अवसर बालबालिकालाई शिक्षा, स्वास्थ्य, विकास, हरियाली स्मार्ट वडा बनाउन आफूनो भूमिका रहने उहाँको प्रतिवद्धता रहेको छ ।

    सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.