भरतपुर/उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.को आयोजनामा हुन लागेको फेस अफ तराई २०२२ को पहिलो अडिसन सम्पन्न भएको छ ।
मिडिया सम्बन्धि गतिविधिसँगै सामाजिक, साँस्कृतिक क्षेत्रमा आफ्ना कार्यक्रमहरु गर्दै आएको प्रा.लि.ले मोडलिङ्ग क्षेत्रलाई सँगसँगै अगाडि बढाउने उद्देश्य अनुरुप फेस अफ तराई २०२२ कार्यक्रमलाई अगाडि सारेको हो ।

भरतपुरस्थित जमघट होटलको सभाहलमा सम्पन्न अडिसनमा चितवन आसपासका युवायुवतीहरुको सहभागिता रहेको थियो । अडिसनमा सहभागी प्रतियोगिहरुले आ–आफ्ना प्रस्तुति समेत प्रस्तुत गरेका थिए ।
अडिसन राउण्डमा युनिक्लो बुटिककी सञ्चालिका एवम् सफल महिला उद्यमी राधा शर्मा, मोडल एवम् मिष्टर एण्ड मिस इम्पेरेशन सिजन २ का बिजेता गीता लोहनी, मिष्टर एण्ड मिस इम्पेरेशन सिजन ४ का बिजेता पवन श्रेष्ठ निर्णायकको भूमिका रहनु भएको थियो ।

कार्यक्रमका निर्णायकहरुले प्रतियोगीहरुको परिचय, कन्फिडेन्स, पर्सानालिटी लगायतका विधामा अडिसन लिई छनौट गर्नुुभएको थियो ।
उज्यालो टाईम्स डटकमका प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठले स्वागतसँगै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा निर्देशकहरु कपिल सागर कर्माचार्य, हरि बहादुर भुजेल, सह–सम्पादक बुद्धिराज चौधरी, मिस युनिभर्सलकी टप ८ बिजेता लुसा तामाङ्ग, ग्राण्ड मल्टी इन्टरटेमेण्टकी प्रबन्ध निर्देशक रिता लोहनी, कार्यक्रमकी कोरियोग्राफर एवम् दिपाज इभेन्टकी प्रबन्ध निर्देशक दिपा पाठक, सह–कोरियोग्राफर सजना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । अडिसन कार्यक्रमलाई प्रा.लि.का अध्यक्ष राजु भट्टले सञ्चालन गर्नुभएको थियो ।









