भरतपुर/वर्तमान अवस्थामा “तराजुमा एकातिर मोटो रकम पैसा अर्कोतिर पलायनमुखी शिक्षा” को दर्दनाक अवस्था रहेको देखाउदै आफ्नो नेतृत्वले नागरिकमाथि राज्यले गरेको यस्तो अन्याय हटाउने संकल्पसहित उनि मतदाता सामु घरदैलोमा जुटेका छन्। उनि पार्टी समूहसहित “निशुल्क तथा गुणस्तरीय शिक्षा, सर्वशुलभ स्वास्थ्य सेवा आजको आवश्यकता” भन्ने मूल नाराका साथ गाउँ-घर हिंडेका छन्।
उनका मूल एजेन्डाहरु :
१. भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शी सेवा प्रवाह (Digitalization)
२. निशुल्क तथा गुणस्तरीय सार्वजनिक शिक्षा (Happiness & Entrepreneurship Curriculum)
३. सर्वशुलभ स्वास्थ्य सेवा
४. सामाजिक सुरक्षा कार्यक्रम
५. शान्ति सुरक्षा
६. कृषि, पर्यटन, व्यापार, व्यवसाय,रोजगारी प्रवद्र्धन
७. पर्यावरण – (नारायणीको पानी जस्तै सफा, स्वच्छ भरतपुर), City Of flowers
८. योजनाबद्ध पूर्वाधार विकास (Cluster Developmental Policy)




