• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

सयौँ वर्ष पुरानो समाधिस्थल जोगाउँन दशनामी समाजद्धारा अभियान सुरु


  •   सोमबार, चैत २८, २०७८ मा प्रकाशित
  • भक्तपुर/सयौवर्ष अघिदेखि आफ्ना पुर्खाको समाधिस्थ गर्दै आएका भक्तपुर र काभ्रेका दशनामीहरु आफ्नो समाधिस्थलको संरक्षण अभियान सुरु गरेका छन् । भक्तपुर नगरपालिका हनुमानघाटमा रहेको दशनामीहरुको मृत्यु पश्चात पार्थिब शरीरलाई जमिनमा समाधिस्थ गरि अन्त्येष्ठी गर्दै आएको भक्तपुरको हनुमानघाट स्थित समाधिस्थलमा भक्तपुर नगरपालिकाले जथाभावी फोहोर थुपारिदिने, शवको समाधि गर्ननै समस्या पर्ने गरि ढुङ्गा, इँटा, सिसा, बोरा, फलामका तार, सिमेन्टका पिलरलगायतका सामग्रीसहितको माटो थुपार्ने र समाधिस्थलनै कब्जा गर्ने गरि संरचना निर्माणको तयारी गरे पछि भक्तपुरका दशनामीहरुले आजबाट समाधिस्थलको सफाई अभियाननै सुरु गरेका छन् ।

    Advertisement

    भक्तपुरका झण्डै एक हजार र काभ्रेको नालाका दशनामीहरुले सयौँ वर्ष अगाडिदेखि शव व्यबस्थापन गर्दै आएको समाधिस्थललाई सर्वोच्च अदालतको आदेश विपरित संरचना निर्माण गर्दै व्यायाम गर्ने स्थल बनाउन थाले पछि दशनामीहरु एक भएर आफ्नो समाधिस्थल जोगाउनकै लागि आजबाट सरसफाई अभियान सञ्चालन गरेका छन् ।

    भक्तपुर नगरपालिकाले बिभिन्न ठाउँबाट ल्याएर थुपारेको फोहोर माटोलाई डोजरले खनेर पुरिएका करिब १० ट्रक ढुङ्गा, इँटा, सिसा, बोरा, फलामका तार, सिमेन्टका पिलरलगायतका सामानहरुलाई निकालेर अन्यत्र लगेर व्यबस्थापन गरिएको छ । समाधिस्थलभरि रहेका सबै फोहोर पन्छाएर शवको समाधिस्थ गर्न सहज हुने गरि सफाई अभियान सुरु गरेको समाधिस्लथको सफाई अभियानका अभियन्ता एवं संस्कृति संरक्षणकर्मी रविन्द्र पुरीले जानकारी दिनु भयो । यसका लागि दशनामीहरु आफै भेला भएका छन् भने संरक्षणका लागि रु. आठ लाख रुपैयाँ आर्थिक सकलन भएको बताउनु भयो ।

    उहाँले भन्नुभयो, “सयौ वर्ष अगाडिदेखि दशनामीहरुले यो ठाउँलाई पुर्खाहरु समाधिस्थ गर्दै आएको ठाउँ हो, यसको संरक्षण गर्नु दायित्व हामी दशनामीको त हो नै, कला, संस्कृतिको संरक्षण गर्ने भक्तपुर नगरपालिकाको पनि जिम्मेवारी हो, हामी हाम्रो समाधिस्थलको संरक्षणमा एक भएर जुटेका छौँ ।” आज भक्तपुर नगरपालिका भित्र रहेका, चाँगुनारायण नगरपालिका क्षेत्रको ताथली, सुडाल, वागेश्वरी, छालिङ, चाँगु, काभ्रेको नालालगायतका क्षेत्रबाट सहभागि भएका ६०० भन्दा बढी दशनामीहरुले समाधिस्थलको सफाई गरेका छन् ।

    दशनामी समाज भक्तपुरका अध्यक्ष मनोज गिरीले दशनामीको समाधिस्थलमा भक्तपुर नगरपालिकाले जथाभावी गरिरहेको बताउदै अरुको कला, संस्कृति, परम्परालाई सम्मान गर्न नगरपालिकाले सिक्नु पर्ने बताउनु भयो ।
    त्यसो त १० वर्ष अगाडि नै यस समाधिस्थललाई व्यबस्थित गर्न पुरीले तयार पारेको गुरुयोजनालाई सार्वजनिक गरि कार्यान्वयनमा ल्याउन लागे पछि भक्तपुर नगरपालिकाले अबरोध गरे पछि सर्वोच्च अदालतमा यस बिरुद्ध रिट नै परेको थियो । सर्वोच्च अदालतले २०७४ सालमा भक्तपुर नगरपालिकाको नाममा आदेश जारी गर्दै दशनामीहरुको समाधिस्थल भित्र कुनै संरचना नबनाउन र समाधिस्थललाई तारबार लगाएर संरक्षण गर्न आदेशनै जारी गरेको थियो ।

    त्यस अबधीमा नगरपालिकाले समाधिस्थलमा बस पार्क बनाउने, खेल मैदान बनाउने लगायतको तयारी गरेपछि दशनामीले बिरोध गर्दै आएका थिए । नगरपालिकाले समाधिस्थलको यसअघि पनि अतिक्रमण गर्दै आएको उनीहरुको गुनासो छ ।

    गुरुयोजनामा समाधिस्थल वरिपरी पर्खाल घेर्ने, समाधिस्थलकाबीच भागमा आकर्षक शिव मन्दिरको स्थापना गर्ने, समाधिस्थलको पूर्व भागमा आकर्षक एवं परम्परागत शैलीको किरियापुत्री भवन निर्माण गर्ने, नुहाउनका लागि धाराको ब्यबस्थापन गर्ने, खोलाको छेऊमा सिंढी निर्माण गरि घाट ब्यबस्थापन गर्ने र समाधिस्थलमा पार्थिव शरीरलाई व्यबस्थित रुपमा समाधिस्थ गर्ने समाजको गुरुयोजना कार्यान्वयनमा आउन सकेको छैन ।

    कूल १९ रोपनी क्षेत्रफलमा फैलिएको समाधिस्थलको पश्चिमपट्टी जहाँ धेरै शव समाधिस्थ गरिएको छ, त्यस स्थानमा नगरपालिकाले सिमेन्टको इँटा ओछ्याएर व्यायाम गर्ने स्थल बनाउने तयारी गरेको बताइएको छ ।

    दशनामीले यसको बिरोध गर्दै दशनामीको धर्म, संस्कृति र मृत्युपछिको परम्परा बिरुद्ध कुनै काम नगर्न नगरपालिकालाई आग्रह गरेका छन् । यस समाधिस्थलमा दशनामी समाज अन्तर्गतका गिरी, पुरी, भारती, वन, सागर, सरस्वती, आरण्य, तीर्थ, पर्वत र आश्रम एवं जंगम जातिका मृतक व्यक्तिको पार्थिव शरीरलाई समाधीस्थ गर्दै (शव गाड्दै) आईरहेका छन् ।

     

    सोमबार, चैत २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.