रत्ननगर/पूर्वी चितवनकै मुटु रत्ननगर नगरपालिका–४, अवस्थित यस न्यू क्यापिटल कलेज स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । स्थापनाको छोटो समयमै उत्कृष्ट नतिजा दिन सफल यस कलेज विद्यार्थीहरुको पहिलो रोजाईमा पर्ने गरेको यहाँहरुलाई अवगत नै छ । निरन्तर सफलता हात पार्दै आइरहेको यस कलेजले यसपटक पनि एमबीबीएस परीक्षामा पूर्ण छात्रवृत्ति तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
यस कलेजमा अध्ययनरत छात्र संगीत आचार्य सागर रेग्मीले एमबीबीएस परीक्षामा पूर्ण छात्रवृत्तितर्फ नाम निकाल्न सफल भएकोमा हामी कलेज परिवार गौरान्वितत् भएका छौं । कलेज र विद्यार्थीहरुको मेहनतले आज यो सफलता हासिल गर्न सकिएको छ । पूर्ण छात्रवृत्तितर्फ नाम निकाल्न सफल विद्यार्थी सागर रेग्मी र संगीत आचार्यलाई हार्दिक बधाई ज्ञापन गर्दै शैक्षिक उन्नतीको शुभकामना व्यक्त गर्दछौं ।
गतवर्ष यसै परीक्षामा यस कलेजबाट ४ जना विद्यार्थीले नाम निकाल्न सफल भएका थिए । यस कलेजमा अध्ययन गर्ने छात्रछात्राहरुले एमबीबीएस, सिए, वन, बिएससी नर्सिङलगायतमा उत्कृष्ट नतिजा ल्याउने गरेका छन् । वि.सं.२०५७ सालमा स्थापना भएको यस कलेजमा पूर्णरुपमा अंग्रेजी माध्यमबाट पढाइने हुने गरेको छ । यहाँ व्यवस्थापन, विज्ञान, मानविकी र शिक्षा विषयमा अध्यापन हुँदै आइरहेको छ ।
एमबीबीएस परीक्षामा पूर्ण छात्रवृत्ति तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
एमबीबीएस परीक्षामा पूर्ण छात्रवृत्ति तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
Advertisement
तपाईको प्रतिक्रिया




