सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चितवन स्थित पार्क सफारी रिसोर्ट प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई १०% छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले पार्क सफारी रिसोर्टका सबै सेवा सुविधामा १०% छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंककाग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ । यस्तै मोबाइल बैकिङ्ग मार्पत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, कार्डलेस विथड्रल९यो सुविधा मार्पmत सिटिजन्स बैकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् ० र मुद्दती खाताको आवेदनदिन सक्ने लगायतका व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ । हालै बैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यहि चैत्र ७ गते देखि वैशाख ७ गते सम्म १ महिनाको लागि लागू हुने गरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्यक, लगायतका योजनाहरु पनि सार्बजनिक गरेको हो । सो योजना अन्तर्गत डेविट÷क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईन मार्पmत रु १००० वा बढीको कारोबार गर्दा एकमुष्ठ रु २०० क्यासब्याक दिइने छ । साथै, रु ५,००,००० सम्मको दुर्घटना मृत्यु बीमा तथा रु ५०,००० सम्मको स्वास्थ्य बीमा सुविधा सहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताहरुको लागि नि ः शुल्क डेविट कार्ड, मोबाइल÷ इन्टरनेट बैंकिङ्ग, डिम्याट खाता प्रदान गर्नुका साथै देशभरका कुनै पनि बैकको ए.टि.एम बाट निःशुल्क रकम निकाल्न सकिने व्यवस्था गरेको समेत जानकारी बैंकले गराएको छ ।
सिटिजन्स बैंक र पार्क सफारी रिसोर्ट प्रा.लि.बीच समझदारी
सिटिजन्स बैंक र पार्क सफारी रिसोर्ट प्रा.लि.बीच समझदारी
Advertisement
तपाईको प्रतिक्रिया




