• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

चितवनको रत्ननगर बन्यो जिल्लामै पहिलो वालमैत्री नगर


  •   मङ्गलबार, चैत २२, २०७८ मा प्रकाशित
  • चितवन/चितवनको रत्ननगर नगरपालिकालाई जिल्लामै पहिलो वालश्रम मुक्त तथा वालमैत्री नगर बनेको छ । ४२९ जना वालवालिकालाई श्रममुक्त गरी सो नगरपालिका वालमैत्री नगर बनेको हो । रत्ननगर जिल्लामा बालमैत्री नगर घोषणा हुने पहिलो नगर बनेकोे छ देशभरका स्थानीय तह मध्ये पाँचौं स्थानमा परेको छ । मंगलवार नगरपालिकाको प्राङगढमा आयोजित कार्यक्रममा वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले सो नगरपालिकालाई वालश्रम मुक्त तथा बालमैत्री नगर घोषणा गरेका हुन । ६ बर्षको अबधिमा नगरभित्र रहेका ४२९ जना बालवालिकालाई श्रममुक्त नगरपालिकालाई वालमैत्री नगर घोषणा गरिएको मेयर नारायण वनले बताए । नगरपालिकालाई वालमैत्री घोषणा गर्नुपूर्व श्रममुक्त गरेका मध्ये २८९ जनालाई विद्यालय भर्ना गरेर शिक्षा दिएको छ भने १४० जनालाई सीपमुलक तालिम दिएर रोजगार बनाइएको मेयर वनले बताइ । २०६४ सालबाट २०६८ साल सम्म आइपुग्दा ५५८ जना वालश्रमिक रहेका सो नगरपालिकामा २०७३ सालमा त्यो संख्या कही घटेर ४२९ मा झरेको थियो ।

    Advertisement

    नगरपालिका भित्र वालश्रमिक छैनन् भन्ने सुनिश्चित गरी वालमैत्री घोषणाा गरिएको उपमेयर विमला दुवाडीले बताइन । घोषणा सभामा मन्त्री खनालले मेयर वनलाई प्रमाणपत्र हस्तान्तरण गरी रत्ननगर वालश्रम मुक्त भएको उद्घोष गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि,कर्मचारी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले वालश्रम विरुद्ध आवाज उठाउने,आफुले पनि प्रयोग नगर्ने र प्रयोग गर्नेलाई कानुनी कारबाहीको लागि पहल गर्न भन्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् । कार्यक्रममा वालश्रम मुक्त भएका १६ वटै वडालाई प्रमाणपत्र,वालवालिकाको स्थितिपत्र सार्वजननिक तथा नगर स्तरीय वाल क्लव र वडा स्तरीय वाल क्लवहरुलाई खेलकुदका सामाग्री प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि मन्त्री खनालले वालश्रम मुक्त र वालमैत्री नगर घोषणाले वालवालिकाको जीवनमा परिर्वतन ल्याउने बताए । यो सामान्य किसिमको घोषणा होइन उनले भविश्यका कर्णधारहरुको भविश्य सुरक्षित गर्न गरिएको महत्वपूर्ण काम हो ।

    मन्त्री खनालले बालअधिकारलाई राज्यले नीतिगत अंगको रुपमा लिएर काम गर्नुपर्ने र त्यसका लागि आफु प्रयत्नशिल रहने बताए । प्रदेश सभा साँसद कन्चन खनालले वालश्रम विरुद्ध आफुले प्रतिबद्धतामा हस्ताक्षर गरेको र बालश्रम विरुद्धका काम र अपराध गरेको पाइए खबरदारीसंगै कानुनी प्रक्रियाका लागि प्रयत्नशिल रहने बताइन । मेयर वनले आफ्नौ पछिल्लो पाँच बर्षे कार्यकालको महत्वपूर्ण काम वालमैत्री घोषणा रहेको बताए । कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल,सामाजिक विकास समितिका संयोजक केशव आचार्य,एमालेका नगर अध्यक्ष इश्वरी प्रसाद अर्याल,नेपाली काँग्रेसकी नगर सचिव अनिला अर्याल,माओवादी केन्द्रका नगर अध्यक्ष श्यामप्रसाद बराल,समाजबादी पार्टीका नगर अध्यक्ष बद्रिनाथ घिमिरे,रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ,नगर स्तरीय बाल सञ्जालकी अध्यक्ष रोजिसा घिमिरे,अधिकारकर्मी नविना गुरुङ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम महिला विकास अधिकृत दीपा घिमिरेले सञ्चालन गरेकी थिइन ।

     

    मङ्गलबार, चैत २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.