• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

थुम्सीमा बन्यो भव्य एवं कलात्मक श्री हनुमान मन्दिर


  •   आइतबार, चैत २०, २०७८ मा प्रकाशित
  • गैँडाकोट/नवलपरासी पूर्व गैँडाकोट ९ थुम्सी स्थित शिखरखजुराव शैलीको भव्य एवं कलात्मक श्री हनुमान मन्दिरको समुद्घाटन/लोकार्पण, मूर्तिप्राणप्रतिष्ठा तथा सा∙ विराट् ज्ञानमहायज्ञ महामहोत्सव २०७८ हुने भएको छ ।
    शनिबार मन्दिर प्राङ्गणमा आयोजित पत्रकार सम्मेलनमा श्री हनुमान मन्दिर चक्रघाट समितिका अध्यक्ष एवं महायज्ञ मूल आयोजक समितिका संयोजक टिकाराम सापकोटाले यहि चैत्र २७ गते रामनवमीदेखी वैशाख ३ गते श्री हनुमान जयन्तीका दिनसम्म महामहोत्सवको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले नेपालकै पहिलो, भव्य र कलात्मक मन्दिर रहेको दावी गर्दै पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न सबैलाई सहयोगका लागि आह्वान गर्नुभयो ।
    महायज्ञ मूल आयोजक समितिका महासचिव एवं मन्दिरका सहसचिव पिताम्बर सापकोटाले २०४२ सालदेखी पूजा अर्चना गरिदै आएकोमा हाल ४२ फुट लम्बाइ, ४२ फुट चौडाइ र ६३ फुट उचाइ भएको मन्दिर निर्माण गरिएको जानकारी दिनुभयो । श्री हरिहर सन्न्यास आश्रम परमानन्द–संस्कृत गुरुकुलम्, देवघाटधामका पिठाधिश १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले मन्दिरको समुद्घाटन गर्ने उहाँले जानकारी दिनुभयो । महायज्ञमा डा. बलराम ब्रह्मचारीज्यूले कथा प्रवचन गर्ने बताउनुभयो ।
    मन्दिर निर्माण समितिका संयोजक ओमप्रसाद सापकोटाले शुरुवाती अवस्थामा १ करोड ५ लाखको लागतको नक्साङ्कन भएपनि पछि सबैको राय अनुरुप करिब ३ करोड लागतमा मन्दिर लगायतका संरचना निर्माण गरिएको जानकारी दिनुभयो । उहाँले अहिले ऋण नरहेको जनाउँदै मन्दिर व्यवस्थापनका केही काम बाँकी रहेको बताउनुभयो ।
    पत्रकार सम्मेलनमा गँैडाकोट ९ का वडा अध्यक्ष प्रेमप्रसाद सापकोटाले यसलाई धार्मिक, आध्यात्मिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गरी गैँडाकोटको धार्मिक महत्त्वलाई प्रवर्धन गरिने बताउनुभयो । देशकै मध्ये भागमा अवस्थित यो मन्दिर पूर्व पश्चिम राजमार्ग क्षेत्रमा पर्ने एकमात्र भव्य हुनमान मन्दिर रहेकोले यो पर्यटकीय गन्तव्य रहेको उहाँको भनाई थियो ।
    मन्दिरका संरक्षक पवनकुमार अग्रवालले मन्दिरमा एक करोड बराबरको अक्षयकोष निर्माण गर्नुपर्नेमा जोड दिदैँ मसिक रुपमा रकम उपलब्ध गराउने बताउनुभयो ।
    मन्दिरका उपाध्यक्ष बालुराम कुमालले स्वागत मन्तव्य व्यक्त गर्दै मन्दिर परिसरमा १०० जना सम्म अट्ने धर्मशाला निर्माण कार्य चलिरहेको बताउनुभयो ।
    सङ्कटमोचन श्रीहनुमानजीको दिव्यमूर्ति, कलाकारिताले परिपूर्ण मन्दिरको बाहिरी पाटो, शिखरखजुराव शैलीको गुम्बज, काष्ठकलाका कलात्मक झ्यालढोका, रामदरबार, स–साना गुम्बज आकारका मार्वल रेलिङ, मार्वलकै आँखीझ्याल, सिँढी तथा आकर्षक विद्युत व्यवस्थापन र रङ्गरोगन यस मन्दिरका दर्शनीय पक्षहरु हुन् ।
    श्री हनुमान मन्दिर समिति चक्रघाटको शुभसङ्कल्प, विभिन्न निकाय र जनसहभागितामा करिब ३ करोडको लागतमा शिखरखजुराव शैलीको मन्दिर निर्माण गरिएको हो । मन्दिर निर्माणका लागि चन्दाबाट १ करोड ६४ लाख, पटक पटक गरी गैँडाकोट नगरपालिकाबाट ३१ लाख, वडाबाट २ लाख, गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट १५ लाख, प्रदेश सांसद कोषबाट ५ लाख, संघीय सांसद कोषबाट १० लाख, मारवाडी नारायणगढबाट २१ लाख, नारायणी सामुदायिक वनबाट ७ लाख लगायत विभिन्न दाताले सहयोग गरेका छन् ।  महामहोत्सवको तयारीका लागि महायज्ञ मूल समिति र विभिन्न कार्यसम्पादनका लागि २३ वटा उप समिति गठन गरिएको जनाउँदै प्रचार प्रसार समितिका संयोजक ज्ञानप्रसाद खनालले महायज्ञ सफल बनाउन सबैलाई आह्वान गर्नुभयो ।

    Advertisement

    आइतबार, चैत २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.