देवघाट/तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ३ का स्व.वडा अध्यक्ष कृतिमान आलेमगरको परिवारलाई आज एक कार्यक्रमको आयोजना गरि नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् पुर्ववन मन्त्री शंकर भण्डारीले स्व.अध्यक्ष आलेका छोरा युवराज आलेलाई नगद पचास हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो। सो कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् पुर्ववन मन्त्री शंकर भण्डारीले दुर्घटनामा परि भएको असामहिक निधनले परिवारजनमा परेको पिडालाई केहि हदसम्म भए पनि राहत होस् भन्ने हेतुले आफुले सहयोग गरेको बताउदै हरेक सुखदुःखमा साथ र सहयोग निरन्तर आफ्नोतर्फबाट रहने उहाँले बताउनुभयो
सो कार्यक्रममा नेपाली काङ्ग्रेस देवघाटका युवा नेता अर्जुन अधिकारी,नेपाली काङ्ग्रेस देवघाट ५ का पुर्व सभापति पुर्ण बहादुर कुवँर,देवघाट २ वडा सदस्य छविजंग सिं ठकुरी,नेपाली काङ्ग्रेस देवघाट १ का क्रीयाशिल सदस्य संगिता थापा,नेपाली काङ्ग्रेस देवघाट ४ का क्रीयाशिल सदस्य मित्रलाल गुरुङ लगाएतको उपस्थिति रहेकोे थियोे। स्वर्गीय आले स्थानीय तहको निर्वाचन २०७४ मा नेपाली कांग्रेसबाट उम्मेद्वार बनि देवघाट ३ को वडाध्यक्षमा निर्वाचित भएको थियो। उहाँको भिरबाट लडेर मृत्यु भएको थियो।
Advertisement




