भरतपुर/चितवन अटोमोवाइल रिकण्डिशन एशोसिएशनको वृहत वनभोज कार्यक्रम सम्पन्न भएको छ । चितवन अटोमोवाइल रिकण्डिशन एशोसिएशनका अध्यक्ष सूर्य अधिकारीको अध्यक्षतामा सम्पन्न वनभोज कार्यक्रममा राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिना प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि तिमिल्सिनाले चितवन जिल्लाभरी छरिएर रहेको रिकन्डिसन व्यवसायीहरुले आफ्नो पेशालाई मर्यादित बनाउँदै एकजुट हुँदै एशोसिएशनलाई एकताबद्ध बनाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले एशोसिएशनमा दर्ता गरी सञ्चालनमा रहेको व्यवसायीहरुको व्यवसाय सञ्चालनका क्रममा आईपर्ने समस्याहरुमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
वृहत वनभोज कार्यक्रममा नविन अटो सन्टेरका प्रबन्ध निर्देशक कपिल सागर कर्माचार्य विशिष्ट अतिथि, उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङका अध्यक्ष एवम् प्रधान सम्पादक राजु भट्ट, सञ्चार उद्यमी एवम् बरिष्ठ समाजसेवी राकेशमान श्रेष्ठ, गणेशस्थान वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजन श्रेष्ठ, समाजसेवीहरु रामकृष्ण सापकोटा, पुष्पराज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
जिल्लाभर रही सञ्चालनमा रहेका व्यवसायीहरु मध्ये आजिवन सदस्यता लिने सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि, सभापतिले एशोसिएशनको तर्फबाट सम्मान पत्र र आईडी कार्ड वितरण गर्नुभएको थियो । एशोसिएशनमा जिल्लाभरबाट करीब ५ दर्जन भन्दा बढी व्यवसायीहरु आवद्धता रहेको चितवन अटोमोवाइल रिकण्डिशन एशोसिएशनका उपाध्यक्ष दिपक खड्काले जानकारी दिनुभयो ।
चितवन अटोमोवाइल रिकण्डिशन एशोसिएशनका सचिव रामु दुवाडीले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन अटोमोवाइल रिकण्डिशन एशोसिएशनका अध्यक्ष सूर्य अधिकारीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।







