भरतपुर/“कृषि यात्रीकरणमा वृद्धि, व्यावसायिक कृषि विकास र समृद्धि” भन्ने मूल नाराका साथ सलोन पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७८ को तयारी पूरा भएको छ । सोमबार नेपाल कृषि मेशिनरी व्यवसायी संघको आयोजनामा भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराइएको थियो ।
सोमबार नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटुवालको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा आयोजक, विशेष सहयोगी, मुख्य प्रायोजक, प्रायोजक, सह–प्रायोजक, सहयोगी संस्थाहरुका प्रतिनिधिहरु प्रदर्शनीको सफलताको शुभकामना समेत व्यक्त गरेका थिए ।
प्रदर्शनीको नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रबद्र्धन केन्द्र, नेपाल सरकार, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा आगामी चैत्र ०९ गतेदेखि १२ गते चितवन एक्स्पो सेन्टरमा पाँचौ राष्ट्रिय कृषि प्रदर्शनीको आयोजना हुन गईरहेको छ । नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रिीकरण तथा औद्योगिकरण गर्न टेवा पु¥याउने उद्देश्यले आयोजना गरिएको यस प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्प खेती व्यवसायीक तरकारी खेती र प्रशोधन तथा बजारीकरण सम्बन्धी आधुनिक यन्त्र उपकरण तथा प्रविधिका सामग्री बीउ विजन, आधुनिक सिचाई लगाएतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीहरुको सहभागिता रहनेछ ।
शलोम एग्रीकल्चर प्रा.लि. मुख्य प्रायोजक, मुक्तिनाथ कृषि कम्पनी लि., मुक्तिनाथ विकास बैंक प्रायोजक, नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना आयोजना व्यवस्थापन इकार्ड, नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, नेपाल लाईभस्टक सेक्टर इन्नोभेसन विषेस सहयोगीको भूमिकामा रहेका छन् ।
प्रदर्शनीको लक्षित वर्गहरुमा कृषक, कृषिकर्मी, नीति निर्माता, उद्यमी, व्यवसायी, सरकारी एवं गैह्रÞ सरकारी संस्थाहरु, कृषक समूह, कृषि सहकारी संस्था, विश्व विद्यालय तथा सोधकर्ताहरु, वैज्ञानिक शिक्षक, विद्यार्थीहरु रहेको आयोजकले जनाएको छ ।
प्रर्दशनीको आकर्षणहरुमा प्रदर्शनीकर्ता ५२ ओटा, कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिहरु २० भन्दा बढी मुलुकमा उत्पादित, २००० बढी प्रकारका उपकरण तथा प्रविधिहरु, अपेक्षित अवलोकनकर्ता ७० जिल्लाका करिब लाख भन्दा बढी, अनुमानित कारोबार २० करोड, कृषि यान्त्रीकरण प्रवर्द्धन सम्बन्धी गोष्ठी, सेमिनार, मेड इन नेपाल प्याभिलियन, कृषि कर्जा मेला रहेका छन् ।
नेपाल कृषि मेशिनरी व्यवसायी संघ नेपालको विभिन्न क्षेत्रमा कृषि सम्बन्धि व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई समेटी नेपालको कृषि यान्त्रिकरणमा टेवा पुर्याउने उद्देश्यले वि स २०७१ सालमा स्थापना भएको कृषि व्यवसायीहरुको छाता संघ हो । यस संघले कृषकलाई आधुनिक कृषि तथा प्रविधिहरुको बारेमा जानकारी गराउने उद्देश्यले नेपाल सरकारको आयोजनामा पहिलो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७० चितवन, दोस्रो राष्ट्रिय कृषि २०७२ कोहलपुर, बाँके Nepal Agritech International Expo 2017 भृकुटिमण्डप, तेश्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, २०७४ धरान र चौथो राष्ट्रिय कृषि मन्त्रीकरण प्रदर्शनी २०७६ चितवनमा सफलता पूर्वक सम्पन्न गरिसकेको छ ।

Advertisement




