चितवन/ ६ चैत्र निर्माण व्यवसायी संघ चितवनले प्रमुख जिल्ला अधिकारीलाई अाज कार्यकक्षमा गई ज्ञापनपत्र पेश गरेकाे छ। हाल सवै प्रकारका निर्माण सामाग्रीहरुमा मुल्यवृद्दि लगभग दाेव्वर हुन पुगेकाे र त्यसले गर्दा साना निर्माण व्यवसायीहरुले मुल्यवृद्दि समायाेजन नपाउदा धरासायी वन्ने र जिम्मा लिएका अायाेजना सम्पन्न हुन नसक्ने र २०६३/६४ मा यसरीनै मुल्यवृद्दि समायाेजनका लागि मुल्यवृद्दि निर्देशिका भाग-१ जारी गरिएकाे उदाहरण पेश गर्दै त्यस्तै भाग-२ जारी गरेर भएपनि मुल्यवृद्दि समायाेजन दिनुपर्ने अन्यथा सम्पुर्ण निर्माण कार्य बन्द गर्दै कन्स्ट्रक्सन हाेलिडे लगायतका अान्दाेलन अघि वढाउने चेतावनी सहित मुल्यवृद्दि समायाेजनकाे माग सहित प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्काे कार्यालयमा पुग्ने गरि ज्ञापनपत्र हस्तान्तरण गरिएकाे संघका अध्यक्ष केशवप्रसाद लामिछानेले वताए ।

प्रमुख जिल्ला अधिकारी अासमान तामाङ्गले साेही कार्यक्रमकै विच जिल्ला प्रशासन भित्रकै निर्माण साईड समेत अहिलेकाे चरम मूल्य वृद्दिले अघि वढ्न नसकेकाे स्विकार गर्दै यसवारे अाफु जानकार रहँदा रहँदै पनि नीति, नियम, कानुनले व्यवहारिक पक्षलाई अाेझेलमा पारिदिएकाे भन्दै ज्ञापनपत्र यथासिघ्र प्रधानमन्त्रिज्यूमा पुर्याउने प्रतिवद्दता व्यक्त गरेका थिए ।




