भरतपुर/राष्ट्रिय युवा संघ नेपाल भरतपुर १२ द्वारा यहि चैत्र ९ गतेका दिन खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गर्ने भएकाे छ। राम बहादुर राना ( डेनी कान्छा) काे स्मृतिमा चितवनमा पछिल्लाे समय देखिएकाे रगत अभावलाई सहयाेग पुग्ने उद्देश्यले खुल्ला रक्तदान कार्यक्रम गर्न लागीएकाे संयाेजक सागर वम्जनले वताए ।
Advertisement
रक्तदान जिवनदान नाराका साथ भरतपुर -१२ स्थित सुर्य चोकमा गर्न लागीएकाे खुल्ला रक्तदान कार्यक्रममा मात्र नभई जिल्लाका वडावडामा समेत राष्ट्रिय युवा संघ नेपालवाट रक्तदान कार्यक्रम अायाेजना गर्न र सहभागी भई सक्रिय रुपमा रक्तदान गर्नका निमित्त राष्ट्रिय युवा संघ नेपाल चितवन संयाेजक शंकर अधिकारीले अाव्हान गर्नुभएकाे छ।




