• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

भरतपुर महानगरका ७ सहकारीले पाए तोरी मिल देखी कम्प्युटर, प्रिन्टर सम्म अनुदान


  •   बिहिबार, चैत ०३, २०७८ मा प्रकाशित
  • भरतपुर/ भरतपुर महानगरपालिकाले रोजगारी सृजना तथा सहकारी प्रर्वधन कार्यक्रम अन्तर्गत सहकारी संघ संस्थाहरुलाई अनुदान स्वरुप बिभिन्न सामाग्री हस्तान्तरण गरेको छ ।
    भरतपुर महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले सहकारीकर्मीहरुलाई समाग्री हस्तान्तरण गरेका हुन् । महानगर भित्रका ७ वटा सहकारीहरुले भरतपुर महानगरबाट अनुदान स्वरुप १७ लाख रुपैयाँ बराबरको सामाग्री पाएका हुन् ।
    महानगरले समाज उत्थान कृषि सहकारी संस्था भरतपुर २१ र सर्वोद्धय बहुउदेस्य सहकारी संस्था भरतपुर ६ लाई ५÷५ लाख बराबरको तोरी मिल प्रदान गरेको छ । त्यस्तै भागिरथी दुग्ध उत्पादक सहकारी संस्थालाई २ लाखको सामाग्री, नव सुन्दर बहुउदेस्य सहकारी संस्था भरतपुर १४ लाई १ लाख ५० हजारको कम्प्युटर ईन्भटर र प्रिन्टर , चितवन जिल्ला बचत तथा ऋण सहकारी संस्थालाई १ लाख रुपैयाको कम्प्युटर र प्रिन्टर प्रदान गरेको हो ।
    त्यस्तै उज्जवल बहुउदेस्य सहकारी संस्था भरतपुर १४ लाइ १ लाख ५० हजारको कम्प्युटर, प्रिन्टर र फोटोकपी, आत्म निर्भर सामाजिक उद्धमी महिला सहकारी संस्थाभरतपुर २४ लाई १ लाखको कम्प्युटर र प्रिन्टर प्रदान गरेको भरतपुर महानगर सहकारी शाखाकी बिष्णु आचार्य घिमिरेले बताईन् ।
    महानगर देशकै सहकारीको जननी भएकाले महानगरमा राम्रो गरेका सहकारीहरुको स्तर बिकासका लागी महानगरले पनि सहकारीहरुलाई यो सहयोग प्रदान गरेको महानगर प्रमुख रेनु दाहालको भनाई छ । सहकारीले समाजमा भएको गरिबिलाई घटाउन योगदान दिएकाले आफुहरुलेपनि सहकारीको बिकासमा ध्यान दिएको उपप्रमुख पार्बती शाह ठकुरीले बताइन ।
    अनुदान स्वरुप सामाग्री पाएपछि सहकारीकर्मी खुसि भएका थिए । भरतपुर महानगरले महानगरको हरेक क्षेत्रमा बिकास गरेको देख्दा महानगरबासी भएकोमा गर्भ लागेको सर्वोद्धय बहुउदेस्य सहकारी संस्था भरतपुर ६ का अध्यक्ष प्रेमराज कोईरालाले बताए ।
    शिक्षा स्वास्थ्य यातायात भौतिक पुर्वाधार सबै क्षेत्रमा महानगरले धेरै बिकास गरेको उनको भनाई छ । भरतपुर महानगर कृषि तथा पशुपन्छि ब्यवसाय प्रर्वधन शाखा प्रमुख तेजेन्द्र पौडेलले महानगरले कृषि क्षेत्रको बिकासमा धेरै ठुलो लगानी गरी परिणाम मुखी काम गरेको बताए ।
    २० महिलाले पाए खसि बोका
    भरतपुर महानगरको महिला बालबालिका तथा समाज कल्याण शाखाले वडा नम्वर ९ का २० जना महिलाहरुका लागी बिउपुजी हस्तान्तरण कार्यक्रम अन्त्रगत बोका, बाख्रा कुखुरा र तरकारी खेतीका लागी नगद हस्तान्तरण गरेको छ । महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वति शाह ठकुरी , प्रवक्ता अरुण पिडित भण्डारी, शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेल लगाएतको हातबाट बाख्रा र बोका पाल्नेका लागी बाख्रा र बोका हस्तान्तरण गरिएको हो भने कुखुरा पालन र तरकारी खेती गर्नेहरुका लागी बिउपुजी स्वरुप प्रति ब्याक्ति नगद १० हजार प्रदान गरिएको महिला बिकास निरिक्षक अप्सरा घिमिरेले बताइन् । उनिहरुलाई तिनदिने सिप बिकास तालिम दिएर उनिहरुकै माग अनुसार बिउपुजी दिईएको महानगर प्रमुख रेनु दाहाले बताईन् ।
    उक्त कार्यक्रम अन्त्रगत महानगरका २०० महिलालाई बिउपुजी हस्तान्तरण गरिने नगर प्रमुख दाहालको भनाई छ । वडा अध्यक्ष यमलाल कडेलले आफनो वडाका महिलाहरुको आर्थीक स्थीती सवल बनाउन आफुले धेरै राम्रा कार्यक्रमहरु गरेको बताए ।

    Advertisement

    बिहिबार, चैत ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.