• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

नेपालको पहिलो सुरक्षित खानेपानी युक्त घोषणा

"११ खानेपानी योजना मार्फत १ हजार ३ सय २५ घरधुरीमा धारा जडान "

  •   सोमबार, पुष १४, २०७६ मा प्रकाशित
  • देवघाट / तनहूँको देवघाट गाउँपालिका वडा नम्बर ५ लाई नेपालको पहिलो सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको छ । आईतबार देवघाटको हाटबजार स्थलमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति तनहूँका प्रमुख शान्तीरमण वाग्लेलले सो वडालाई नेपालको पहिलो सुरक्षित खानेपानी युक्त वडा घोषणा गर्नु भयो । खानेपानी स्वच्छता सम्बन्धि १० वटा सूचकहरु पूरा गरेपछि सो वडालाई नेपालकै पहिलो सुरक्षित खानेपानी युक्त वडा घोषणा गरिएको हो ।

    Advertisement

    सुरक्षित खानेपानी युक्त वडा घोषणा गर्नका लागि सबै घरधुरी खुला दिसामुक्त घोषणा, एक घर एक धारा कार्यान्वयन, प्रत्येक घरमा खानेपानीको मिटर जडान र महसुल सङ्कलन, सरसफाइ तथा स्वच्छता कायम, खानेपानीको मर्मत सम्भार कोष स्थापना, समुदायमा खानेपानीको मर्मत सम्भार कर्ता, खानेपानी सुरक्षा योजनालगायतका विभिन्न सूचकहरु पूरा गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताउनु भयो ।

    त्यस्तै खानेपानीमा कोलिफर्म र आर्सेनीक नभएको, समुदायलाई खानेपानी गुणस्तर सम्बन्धि तालिम दिईएको तथा गाउँ पालिकामा खानेपानी गुणस्तर अनुगमनकालागि कार्यविधि निर्माण भएपछि सुरक्षित खानेपानी युक्त वडा घोषणा गरिएको अध्यक्ष थापाले जानकारी दिनु भयो । देवघाट गाउँपालिकाको समन्वयमा युनिसेफ नेपालको आर्थिक सहयोग तथा उत्पिडित समुदाय विकास तथा अनुसन्धान केन्द्र गोरखाको सहजिकरणमा स्वच्छ खानेपानीको कार्यक्रम सञ्चालन गरिएको थियो । सो वडाको देवघाट, माझटोल, देउती छहरे, तारिकाखोला बोटेटोल, क्युदी दोभान, डुम्रेल देउपुर, साउने, राजापानी क र ख खानेपानी तथा सरसफाई उपभोक्ता योजना अन्तर्गत वितरित खानेपानी विभिन्न प्रविधि र पटक पटकको परिक्षण पछि सिधै पिउन योग्य र स्वच्छ भएको कारण सुरक्षित खानेपानी युक्त वडा घोषणा गरिएको वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङले बताउनु भयो ।

    नेपालको संविधान २०७२ को धारा ३५, उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचको हक हुनेछ भन्ने उल्लेख गरिएको भन्दै गाउँपालिकाका अध्यक्ष थापाले संयुक्त राष्ट्रसंघले पारित गरेको दिगो विकास लक्ष्य अन्तर्गत सुरक्षित खानेपानी तथा सरसफाईमा पहुँच उद्देश्य प्रति नेपाल सरकारले पनि प्रतिबद्धता जाहेर गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउनु भयो । सरकारको सोही प्रतिबद्धता पुरा गर्न आफुहरुले पनि प्रत्येक वडामा सुरक्षित खानेपानी कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनु भयो । सो घोषणा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले सुरक्षित खानेपानीको सुविधा पु¥याउनु चुनौतीपुर्ण कार्य भएको चुनौतीपुर्ण कार्य पुरा गरेर देवघाट गाउँपालिका प्रसंसाको हकदार भएको बताउनु भयो । अव उक्त घोषणालाई निरन्तरता दिनु पर्ने भन्दै खानेपानीको मुलको नियमित परिक्षण र स्वच्छतामा जोड दिनु पर्ने बताउनु भयो ।

    डिभिजन खानेपानी कार्यालय तनहँुका प्रमुख हरिप्रसाद तिमिल्सेनाले मुहानदेखी मुख सम्म स्वच्छ खानेपानी सेवा उपलब्ध गराउनु पर्ने भन्दै देवघाटले सबै सुचक र मापदण्ड पुरा गरेर स्वच्छ र सुरक्षित खानेपानी सेवा उपलब्ध गराएको बताउनु भयो । नेपालकै पहिलो सुरक्षित खानेपानी युक्त वडा घोषणा गरेर देवघाटले सबैलाई यस कार्यमा चुनौती थपेको बताउनु भयो । देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले अव क्रमशः सबै वडाका खानेपानीलाई पनि स्वच्छ र सुरक्षित बनाउने कार्यक्रम तिब्रताका साथ सञ्चालन गर्ने बताउनु भयो । यस अघि गाउँपालिका नेपालकै पहिलो पुर्ण सरसफाई युक्त वडा भईसकेको र अव फागुन भित्रै त्यसलाई घोषणा गर्ने तयारीमा रहेको बताउनु भयो ।

    सुरक्षित खानेपानी युक्त घोषणा गर्नका लागि करिब एक करोड रुपैयाँ खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनु भयो । वडा नम्बर ५ मा १० वटा खानेपानी उपभोक्ता समिति मार्फत सबै वडावासीको घरमा खानेपानीको पाइप पु¥याइएको सुवेदीले जानकारी दिनु भयो । यो घोषणासँगै वडा नम्बर ५ का एक हजार ४ सय ५६ घर धुरीका आठ हजार ८ सय १५ परिवारले सुरक्षित पानी पिउन पाएको सुवेदीले बताउनु भयो । सो कार्यक्रममा युनिसेफ नेपालमा निमित्त राष्ट्रिय प्रतिनिधि तमिज अहमदले दिगो विकासका लागि समुदायले पिउने पानी शुद्ध हुनुपर्ने बताउनु भयो । सुरक्षित खानेपानी वडा घोषणा गरेर वडामा राम्रो कामको सुरुआत भएको भन्दै अहमदले पानीको गुणस्तरलाई कायम राख्नका लागि युनिसेफले सधैँ सहयोग गर्ने बताउनु भयो ।

    उत्पिडित समुदाय विकास तथा अनुसन्धान केन्द्र (कोस्डर) गोरखाकी खानेपानी गुणस्तर स्रोत व्यक्ति समृद्धि गुरुङले सन् २०१९ को अगष्टबाट सुरु गरिएको स्वच्छ खानेपानी सम्बन्धी परियोजना डिसेम्बर २०१९ मा सकिएको बताउनु भयो । पटक पटकको अनुगमन र नजिताहरुको मूल्याङ्कन पश्चात सो स्थानको पानी पिउनका लागि पूर्ण रुपमा सुरक्षित र गुणस्तर भएपछि मात्रै सुरक्षित खानेपानी युक्त वडा घोषणा गरिएको गुरुङले बताउनु भयो ।

    खानेपानीको मुहान वरिपरी संरक्षणको आवश्यकता, पाइपलाइनहरु फुटेर पानी दूषित हुने जोखिम, रिजर्भ ट्याङ्की वरिपरी सरसफाइको आवश्यकता, धाराहरु थप सफाइको आवश्यकता देखिएकाले गाउँपालिकाको ध्यानाकर्षण गराइएको गुरुङको भनाइ छ । सो कार्यक्रममा खानेपानी तथा सरसफाई विज्ञ डण्डिराज विश्वकर्मा, उत्पिडित समुदाय विकास तथा अनुसन्धान केन्द्र गोरखाका निर्देशक काजिराम रोका, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल लगायतले स्वच्छ खानेपानी वितरण योजनालाई निरन्तरता दिनु पर्ने बताउनु भयो ।

    सोमबार, पुष १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.