जुगेडी/राष्ट्रको लागि खेलकूद, स्वास्थ्यको लागि खेलकूद भन्ने नाराका साथ न्यू स्टार क्लव देवीटार, जुगेडीस्थित कविलास मा.वि.को खेल मैदानमा आयोजनामा तमु ल्होसार पर्व २०७६ को शुभ अवसरमा आयोजित प्रथम पुरुष खुल्ला भलिबल खेल प्रतियोगिता सम्पन्न भएको छ ।
न्यू स्टार क्लवका अध्यक्षको सभापतित्वमा सम्पन्न भलिवल प्रतियोगिताको उपाधि न्यू स्टार क्लवले हात पारेको छ । प्रतियोगितामा प्रथम हुल सफल न्यु स्टार क्लवलाई २५ हजार नगद सहित मेडल र ट्रफीले सम्मान गरिएको थियो । त्यस्तै हेल्थ साईन्स अफ भरतपुरले द्धितीय स्थान हासिल गरेको छ । द्धितीय टिमलाई १५ हजार नगद सहित मेडल र ट्रफी प्रदान गरिएको थियो । त्यस्तै प्रतियोगितामा तनहुँ रातमाटे युवा क्लव तृतीय भएको छ । तृतीय टिमलाई ५ हजार नगद सहित मेडल र ट्रफी प्रदान गरिएको थियो । कार्यक्रम अन्तर्गत रातमाटे युवा क्लवका धनराज मगरले वेष्ट प्लयेरको उपाधि हात पारेका थिए ।
कार्यक्रममा उपाधि जितेका टिमलाई न्यू स्टार क्लवका संस्थापक अध्यक्ष चीजकुमार गुरुङ र सल्लाहकार एवं कविलास मा.वि.का प्राचार्य श्रीप्रसाद गुरुङले संयुक्त रुपमा नगद, प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।




