• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

प्रेस चौतारी चितवनले मनायो २४ औं स्थापना दिवस


  •   आइतबार, माघ २३, २०७८ मा प्रकाशित
  • प्रेस चौतारी नेपालको २४ औँ स्थापना दिवस चितवनमा पनि विविध कार्यक्रमका साथ मनाईएको छ । प्रेस चौतारी नेपालले देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाउने क्रममा चितवनमा पनि स्थापना दिवस मनाइएकोहो ।
    विसं २०५५ मङ्सिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा संस्था दर्ता गराएको थियो । सोही दिनको स्मरणमा आज चौतारीले केन्द्रस्तरसहित विभिन्न जिल्लामा कार्यक्रम तय गरेको थियो। चितवनमा भने विसं २०५६ साल मंसिर महिनामा पत्रकार रामबाबु सुवेदीको अध्यक्षतामा प्रेस चौतारी नेपाल चितवन शाखाको पहिलो तदर्थ समिति गठन भएको थियो । चितवन २० औँ शाखाको रुपमा गठन भएको हो ।

    Advertisement

    स्थापना दिवसकै अवसर पारेर आजकै लागि चौतारीको नवौँ राष्ट्रिय महाधिवेशन पोखरामा तय गरिएकोमा कोभिड–१९ को तेस्रो लहरका कारण स्थगन गरिएकोछ । प्रेस चौतारी नेपाल चितवनका संस्थापक अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि रामबाबु सुवेदीले स्थापना दिवसकै अवसरमा संगठनको ऐतिहासिक पृष्ठभूमिबारे प्रकाश पार्नुभएको थियो । उहाँले स्थापना कालमा माओवादी द्वन्द्व र सरकारका हस्तक्षपमा नेपाली पत्रकारितामा परेको असजिलो अवस्थाका बीच प्रेस चौतारी चितवन स्थापना भएको स्मरण गराउनुभयो । सस्थापकहरुको स्मरण गर्दै सुवेदीले पत्रकारिता पेशालाई मर्यादित बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

    शाखाका अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा् नेकपा एमाले चितवनका अध्यक्ष एवं केन्द्रीय सदस्य पार्वती रावल, त्रिभुवन विश्वविद्यालयका प्रा.कृष्ण काफ्ले, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष प्रकाश ढुंगाना, राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका प्रमुख डा. बाबुराम लामिछान, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष उमानन्द कँडेल, चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारी, पश्चिम चितवन पत्रकार मञ्चका अध्यक्ष अपिल घिमिरे लगायतले स्थापना दिवसका अवसरमा प्रेस चौतारीलाई शुभकामना दिनुभएको थियो । उपाध्यक्ष शान्ता अधिकारीले स्वागत गर्नुभएको कार्यक्रम सहसचिव ध्रुवराज खनालले संचालन गर्नुभएको थियो ।

    केन्द्रीय समितिद्वारा पुरस्कार घोषणा

    यसैगरी प्रेस चौतारी नेपालले केन्द्रीय स्तरको कार्यक्रम काठमाडौँमा सम्पन्न गरेको छ । काठमाडौमा आयोजित कार्यक्रममा प्रेस चौतारीले वितरण गर्ने विभिन्न पुरस्कार प्राप्त गर्नेहरुको नाम घोषणा गरिएको छ ।

    गत पुष १२ र १३ मा लुम्बिनीमा सम्पन्न संगठनको केन्द्रीय समितिद्वारा पूर्ववरिष्ठ उपाध्यक्ष श्रीधर आचार्यको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार सिफारिस समितिको सिफारिसअनुसार उनीहरूलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो ।

    पुरस्कार महाधिवेशनको उद्घाटन समारोहमा नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट पुरष्कृत गर्ने कार्यक्रम छ ।

    पुरस्कार पाउने व्यक्तिहरू यस प्रकार छन् ।

    वि. सं. २०७७
    हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार
    राजेन्द्र अर्याल (पूर्व अध्यक्ष)

    अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार
    कृष्णविनोद लम्साल (सुनसरी)

    वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार
    केपी गौतम (गोरखापत्र)

    डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार
    सागर पण्डित (सम्पादक, राजधानी दैनिक)

    प्रेस चौतारी पद्मलक्ष्मी–सावित्री वस्नेत स्मृति पत्रकारिता पुरस्कार
    अब्दुल्लाह मियाँ (काठमाडौं)

    वि. सं. २०७८
    हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार
    गगन विष्ट (पूर्व अध्यक्ष)

    अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार
    झलक सुवेदी (लेखक तथा राजनीतिक विश्लेषक)

    वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार
    अनुप तिवारी (पर्सा)

    डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार
    हिरा परियार (रुकुम पश्चिम)

    प्रेस चौतारी पद्मलक्ष्मी–सावित्री वस्नेत स्मृति पत्रकारिता पुरस्कार
    शिवराज भट्ट (कैलाली)

    चन्द्र न्यौपाने –शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार
    शान्ति गुरुङ (कास्की)

    आइतबार, माघ २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.