एक दशकदेखि नेपालमा बसेका चिनियाँ पत्रकार चाउ सेङपिङले गत वर्ष अप्रिलमा एक चिनियाँ पत्रकारको नजरमा ‘मेन्ड वा एन्ड’ नामक गैर–कथा पुस्तक प्रकाशित गर्नुभयो । पाठक र समालोचकको हौसला पाएर उक्त पुस्तक नेपाली भाषामा समेत अनुवाद गरिएको विश्लेषकहरु बताउँछन् ।
चाउ सेङपिङले काठमाडौंमा सिन्ह्वा समाचार एजेन्सीको ब्यूरो प्रमुखको जिम्मेवारी पाएदेखि विभिन्न समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उहाँद्वारा प्रकाशित अनेकन लेखहरू प्रकाशित समेत भएका छन् । पत्रकार चाउ सेङपिङले नेपाली संस्करणलाई थप आकर्षक बनाउन MCC / BRI जस्ता समसामयिक र ज्वलन्त मुद्दाहरूमा आठवटा अन्य लेखहरू पनि समावेश गर्नुभएको छ ।
चिनियाँ पत्रकारका नजरमा नेपाल (सुधार वा समाप्त होऊ) पुस्तकका अनुवादक नारायण प्रसाद दवाडीले चितवन उद्योग संघका अध्यक्षलाई उक्त पुस्तक हस्तान्तरण गर्नुभएको छ । संघका अध्यक्ष कँडेलले आफ्ना कृति मार्फत नेपाल र चिनको वास्तविकता झल्काउने काम भएकोले यस्ता कार्यलाई प्रोत्साहन गर्नुपर्ने हामी सबैको दायित्व भएको बताउनुभयो ।

Advertisement




