भरतपुर/२०७६ फागुनबाट निर्माण प्रारम्भ शुरु गरेको चितवन मिड टाउन (सिएमटी) रिसोर्टले पत्रकार सम्मेलनको आयोजना गरी औपचारिक रुपमा सेवा सञ्चालन गरिएको जानकारी गराएको छ । चितवन मिड टाउन (सिएमटी) रिसोर्टका अध्यक्ष भेषराज दुवाडीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा विभिन्न व्यवसाय तथा क्षेत्रमा संलग्न ६२ जनाको संयुक्त लगानी ३२ करोडको लगानी रहेको छ । चितवन मिड टाउन नाम दिर्ईएका तीनवटा हलहरु भुकम्प प्रतिरोधात्मक प्रविधिमा निर्माण भएको रिसोर्टका अध्यक्ष दुवाडीले बताउनुभयो ।

चितवन लगायत आसपासका विभिन्न व्यवसाय, पेशा तथा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै रिसोर्ट सञ्चालनमा ल्याईएको र रिसोर्टसम्म पुग्नको लागि पैदलमार्ग, सडकमार्ग र हवाई मार्गबाट सहजै रुपमा पुग्न सकिने र यात्रुको तथा पाहुनाको लागि पर्याप्त पार्किङ्ग सहितको सेवा दिने उद्देश्यले रिसोर्ट सञ्चालन ल्याइएको अध्यक्ष दुवाडीले बताउनुभयो ।
चितवनमै पहिलोपटक युरोपियन प्रविधिको किचन र वातावारणमैत्री विजुली र वाफबाट खाना पाक्ने प्रविधि प्रयोग गरिएको रिसोर्टमा २ हजार ५०० सिट क्षमताको इभेन्ट हलसँगै साना तीनवटा हल रहेका छन । रिसोर्टमा एकैपटक सयजनालाई भोजन गराउन सकिने भोजनालय, बार कफिसप, स्वीमिङ्ग पुल, वाल ग्यासकेट, यथेष्ट सहित वाटर फाउण्टेनको व्यवस्था रहेको रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले जानकारी दिनुभयो ।

आगामी दिनमा डिस्को बार सहितको अत्यधुनिक बसको सुविधा दिन लागिएको र विभिन्न पर्यटकीय स्थलहरुमा पर्यटकलाई डिनरको सुुविधा सहित घरसम्म पु¥याउने व्यवस्था गरिने प्रबन्ध निर्देशक मदन घिमिरेले जानकारी दिनुभयो ।
एक विगाहा क्षेत्रफलमा सञ्चालनमा रहेको रिसोर्टमा आधुनिक सुविधा सम्पन्न ४२ वटा रुम, प्रत्येक तल्लामा २० जना क्षमताको मिटिङ हल रहेको हुँदा विभिन्न पार्टी, सेमिनार, सभा, अधिवेशनहरुलाई समेत लक्षित गर्दै सञ्चालनमा ल्याईएको घिमिरेले बताउनुभयो ।

रिसोर्टमा हाल ६२ जनाले प्रत्यक्ष रोजागारी पाएको र निकट भविष्यमा सय जनासम्मलाई रोजगारी प्रदान गरिने लक्ष्य लिइएको छ । रिसोर्टलाई तीन भागमा विभाजित गरिएको चितवन हलमा २०० जना क्षमता र मिड हलमा ७०० र टाउन हलमा दुईहजार जनाको क्षमता रहेको छ । पत्रकार सम्मेलनमा रिसोर्टका सञ्चालक समितिका सदस्यहरु तारा प्रसाद पौडेल, हरि प्रसाद भट्ट, सूर्य प्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।




