भरतपुर/उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.को भरतपुरस्थित जमघट होटलमा बसेको विशेष बैठकले भरतपुर–६, गीतानगर चितवन निवासी हरिबहादुर भुजेललाई निर्देशक पदमा चयन गरेको छ ।
उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्टको अध्यक्षतामा सम्पन्न बैठकले लामो समयसम्म व्यवसायमा आफ्नो समय व्यतित गरी सामाजिक क्षेत्रमा योगदान पु¥याउनु भएका भुजेललाई प्रा.लि.को निर्देशक जस्तो गरिमामय पदमा चयन गरिएको हो ।

उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रा.लि.का निर्देशक अनिलकुमार श्रेष्ठले मिडियाले विगतका दिनहरुमा गर्दै आएका कार्यक्रमहरुले सामाजिक क्षेत्रमा योगदान पु¥याएको र अझै यसका गतिविधिहरुलाई परिस्कृत गर्दै अघि बढ्न समेत आग्रह गर्नुभयो ।

त्यस्तै निर्देशक पुष्प श्रेष्ठले उज्यालो टाईम्स मिडियाले सञ्चार क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको र आफ्नो तर्फबाट मिडियालाई आवश्यक सल्लाह, सुझाव सँगै सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
मिडियाले आफूलाई महत्वका साथ निर्देशक पदमा चयन गरेकोले प्रा.लि.लाई विशेष धन्यवाद व्यक्त गर्दै भुजेलले आफ्नो तर्फबाट मिडिया क्षेत्रको प्रबर्धन र उन्नतिका लागि पहल रहने बताउनुभयो ।
कार्यक्रमलाई प्रा.लि.का निर्देशक डोलबहादुर कार्की (अविनाश)ले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।





