भरतपुर /भरतपुर महानगरपालिका वडा नं ११ मा अाज शंकर शितल स्मृति प्रतिष्ठानले शंकर शितलकाे चाैथाे स्मृतिमा विभिन्न कार्यक्रम गरि सम्पन्न गरेकाे छ। गत २०७४ मंसिर २१ गते संसदिय चुनावका दाैरान दुर्घटनामा परी दिवंगत भएका भरतपुर ११ निवासी शंकर भण्डारी र शितल वाेहाेराकाे स्मृतिमा शंकर शितल स्मृति प्रतिष्ठानले भवन सिलान्यास समेत गरेकाे छ ।
जखडीमाई अाधारभुत विध्यालयकाे क्षेत्रमा भवन रहने गरि उक्त भवन विध्यालयले समेत प्रयाेग गर्न पाउने गरि चितवन जिल्ला क्षेत्र नं २ ख का प्रदेश सांसद माननीय विजय सुवेदीले उक्त भवनकाे सिलान्यास गर्नुभएकाे थियाे, भरतपुर ११ का वडाअध्यक्ष वावुराम अधिकारीले उक्त भवन निर्माणका लागि वडावाट रु १० लाख वजेट विनियाेजन गरिएकाे जनाउनुभयाे। साेही कार्यक्रमका विच रक्तदान समेत अायाेजना गरिएकाे थियाे । ५४ जना रक्तदातावाट रक्तदान गरि कार्यक्रमकाे समापन गरिएकाे प्रतिष्ठानका अध्यक्ष शम्भु भण्डारीले जानकारी दिनुभयाे ।





