राप्ती/चितवन उद्योग संघ राप्ती इकाई समितीको कार्यालय उद्घाटन एवं औद्योगिक सुरक्षा स्टिकर टाँस तथा तथ्यांक अद्यावधिक अभियानको शुभारम्भ गरिएको छ ।
चितवन उद्योग संघ राप्ती इकाई समितिका सह–संयोजक सुदिप ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्ती नगरपालिकाकी प्रमुख प्रभा बराल प्रमुख अतिथी रहनु भएको थियो भने चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, राप्ती नगरपालिकाका उपप्रमुख ईमान सिङ लामा, सशस्त्र प्रहरी बल बाहिनी मुख्यालय प्रदेश न. ३ का बाहिनीपति डिआईजी चिरञ्जीवी अधिकारी विशिष्ट अतिथि रहनुभएको थियो ।
त्यस्तै उद्घाटन एवं औद्योगिक स्टिकर टाँस कार्यक्रममा चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेल, राप्ती नगरपालिका वडा न. ५ का अध्यक्ष मेनुका पाठक, इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख सुशील कुमार पाण्डे, राप्ती उद्योग वाणिज्य संघका विशिष्ट सदस्य पूर्ण बहादुर थापा, चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरे, कार्यसमिति सदस्यहरु दुर्गाप्रसाद भण्डारी, गजेन्द्र अधिकारी, राशी लामा, युग राज वस्ती, महिला उद्यमी मञ्चकी संयोजक सुधा सुवेदी पौडेल, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट, राप्ती इकाई समितिका निर्देशकहरु, रत्ननगर इकाई समितिका निर्देशकहरु लगायतको उपस्थिति रहेको थियो ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ राप्ती इकाई समितिका सह–संयोजक सुदिप ओलीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।




