हेटौडा/ नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशको दोश्रो अधिवेशन तथा महिला उद्यमी समितिको दोश्रो सम्मेलन सम्पन्न भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशका अध्यक्ष सूर्य प्रसाद कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका माननीय मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे प्रमुख अतिथि रहनुभएको थियो ।

साधारणसभाको अवसरमा विशिष्ट अतिथिद्वय पूर्व राज्यमन्त्री तथा बागमती प्रदेश माननीय इन्द्र बहादुर बानियाँ, नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष श्याम गिरी, अतिथिहरु नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय महिला उद्यमी समितिका अध्यक्ष अञ्जु शिवा उपाध्याय, मकवानपुर उद्योग संघका अध्यक्ष एवम् नेपाल उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष लेखराज पोखरेल लगायतले कार्यक्रमको सफलताको कामना गर्नुभएको थियो ।

साधारणसभाको अवसर पारेर बरिष्ठ उद्योगपती एवम् महासंघका पूर्व जिल्ला सदस्य माननीय इन्द्र बहादुर बानियाँ, महासंघका पूर्व अध्यक्ष एवम् सल्लाहकार समितिका अध्यक्ष वासुदेव गिरी, घरेलु तथा साना उद्योग संघ जिल्ला समिति भक्तपुर, बित्तीय मध्यस्तकर्ता स्थापना गरी लघु, वित्त विकास गर्न सफल भएकोमा घरेलु तथा साना उद्योग संघ काठमाण्डौंलाई सम्मान गरिएको थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशका अध्यक्ष सूर्य बहादुर कँडेलले स्वागत मन्तव्य राख्नु भएको उद्घाटन सत्र कार्यक्रमलाई नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष तारा प्रसाद पौडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।
महासंघ प्रदेश अध्यक्षमा पौडेल र महिला उद्यमी समितिमा श्रेष्ठको नेतृत्व

नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशको दोश्रो अधिवेशन तथा महिला उद्यमी समितिबाट नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश अध्यक्षमा ताराप्रसाद पौडेल र प्रदेश महिला उद्यमी समितिको अध्यक्षमा सुलोचना श्रेष्ठको नेतृत्वमा समिति चयन भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशका अध्यक्ष सूर्य बहादुर कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय अध्यक्ष श्याम गिरी प्रमुख अतिथि रहनुभएको थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशको दोश्रो अधिवेशनले ताराप्रसाद पौडेलको अध्यक्षतामा नयाँ समिति चयन गरेको थियो । नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा तारानाथ चौलागाई, उपाध्यक्षमा बलराम लम्साल, महासचिवमा शनिस लागेजु, कोषाध्यक्षमा सुवास प्रधान, सदस्यहरुमा बुद्धबहादुर नेगी, धनबहादुर गुरुङ, इन्द्र बहादुर महर्जन, जयराम मानन्धर, युग राज वस्ती, दिपक कुमार कँडेल, निर्मल कुमार रम्तेल, प्रकाश कुमार श्रेष्ठ, यतिराज सापकोटा, सृजना सोती (महिला आरक्षण), सानुदाश नापित, नारायण पौडेल, राजु श्रेष्ठ, अमृत तिवारी, नवराज तिमिल्सिना, धनबहादुर तामाङ, सुके तामाङ, शेर बहादुर थापा मगर, सुजिता बैदार निर्वाचित हुनुभएको छ ।

त्यसैगरी नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशको महिला उद्यमी समितिको अधिवेशनले सुलोचना श्रेष्ठको अध्यक्षतामा नयाँ समिति चयन गरेको थियो । नवनिर्वाचित महिला उद्यमी समितिको वरिष्ठ उपाध्यक्षमा सरिता श्रेष्ठ भट्टराई, उपाध्यक्षमा शान्तिदेवी प्रधान, महासचिवमा गीता मैनाली, कोषाध्यक्षमा मेनुका सुवेदी, सदस्यहरुमा बुद्धिमायाँ घले, आशा कुमारी अधिकारी, विमला गिरी, कविता गिरी, मिनाक्षी रेग्मी, नानीमैया श्रेष्ठ, ईश्वरी लक्ष्मी श्रेष्ठ, सीता कार्की, सुमिका श्रेष्ठ रहनु भएको छ । नवनिर्वाचित समितिका सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत मोहन प्रसाद ढकालले सपथ खुवाउनु भएको थियो ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष उमेश सिंह, महासंघका पूर्व अध्यक्ष एवम् सल्लाहकार समितिका सभापति बासुदेव गिरी, महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधान, महासंघका केन्द्रीय महिला उद्यमी समितिका अध्यक्ष अञ्जु शिवा उपाध्याय, महासंघका केन्द्रीय उपाध्यक्षहरु मुकेश उपाध्याय, शोभा गुरुङ, महासंघका केन्द्रीय महासचिव डम्बर प्रसाद रेग्मी, केन्द्रीय कोषाध्यक्ष सत्यनारायण प्रजापति लगायतको उपस्थिति रहेको थियो । सम्मेलनलाई तारानाथ चौलागाईले संयोजन गर्नुभएको थियो ।






