• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

एमाले महाधिवेशन ः चितवनका ठाउँठाउँमा स्वागत द्वार निर्माण सुरु

"एमाले महाधिवेशनमा भरतपुर महानगरबाट ५० हजार सहभागी गराइने "

  •   शनिबार, मङि्सर ०४, २०७८ मा प्रकाशित
  • चितवन/नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत चितवनको ठाउँ ठाउँमा स्वागत द्वार निर्माण सुरु गरिएको छ ।
    महाधिवेशनमा देशभरबाट आउने प्रतिनिधि, पर्यवेक्षक र पार्टी नेता कार्यकर्तालाई चितवनमा स्वागत गर्न स्वागतद्वार निर्माण सुरु गरिएको हो । चितवन प्रवेश गर्ने नाकाहरु इच्छाकामना गाउँपालिकाको मौवाखोला, मुग्लिन, राप्ती नगरपालिकाको लोथर, भरतपुर महानगरपालिकाको पुल्चोकलगायतका स्थानमा स्वागत द्वार निर्माणको काम सुरु भएको नेकपा एमाले १०औँ राष्ट्रिय महाधिवेशन प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जानकारी दिनुभयो । उहाँकाअनुसार पूर्वपश्चिम राजमार्गका विभिन्न ठाउँ, बाइपास सडक, नारायणगढ मुग्लिन सडक, पश्चिम चितवन र पूर्व चितवनका विभिन्न सडकमा स्वागत द्वार निर्माण हुनेछ ।
    स्वागत द्वार निर्माणको जिम्मा पार्टीका विभिन्न कमिटी, भातृ संगठन र संघसंस्थाहरुलाई दिइएको सुवेदीले बताउनुभयो । स्वागत द्वार निर्माणमा लाग्ने खर्च पनि संगठनहरुले नै बेहोर्नेछन् । सबै स्वागत द्वारहरु एकै प्रकृतिका हुने र महाधिवेशन झल्किने खालको हुुने सुवेदीको भनाइ छ । महाधिवेशनमा सहरी सौन्दर्यतालाई ख्याल गर्दै तोकिएको स्थानमा मात्रै तुल ब्यानरहरु टागिने उहाँले बताउनुुभयो ।
    नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । १० गते नारायणी नदी किनारमा उद्घाट सत्र र ११ गतेदेखि पर्यटकीय नगरी सौराहामा बन्दसत्र हुनेछ ।

    Advertisement

    एमाले महाधिवेशनमा भरतपुर महानगरबाट ५० हजार सहभागी गराइने
    चितवन/नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा भरतपुर महानगरपालिकाबाट ५० हजार जनता सहभागी गराइने भएको छ । मंसिर १० गते नारायणी नदी किनारमा हुने उद्घाटन सत्रमा महानगरका २९ वटा वडाबाट ५० हजार जनता सहभागी गराउन लागिएको हो ।
    नेकपा (एमाले) भरतपुर महानगर कमिटीका अध्यक्ष शंकर थपलियाका अनुुसार महानगरका २९ वटै वडामा भेला सम्पन्न गरिएको छ । सबै वडामा वडास्तर र टोल स्तरका जनपरिचालन कमिटी गठन गरिएको उहाँले बताउनुुभयो । सबै वडामा प्रचारप्रसार र घरदैलो कार्यक्रम समेत सञ्चालन गरिएको थपलियाले जानकारी दिनुुभयो । उहाँले महानगरका कुनैपनि घर परिवार नछुुट्नेगरी अभियान सञ्चालन भइरहेको बताउनुुभयो ।
    एमाले भरतपुर महानगरले महाधिवेशनलाई लक्षित गर्दै स्थानीय स्तरमा महाधिवेशनको झण्डा, ब्यानर तयार पार्ने र सकेसम्म स्थानीय स्तरका सवारीसाधन प्रयोग गर्ने जनाएको छ । भरतपुरमा एमाले महाधिवेशनको उद्घाटन सत्र हुने भएकाले पनि भरतपुरले व्यापक जनसहभागिता गराउने तयारी गरिरहेको हो । चितवनमा महाधिवेशन हुने भएपछि यहाँका कार्यकर्तामा उत्साहा बढेको भन्दै थपलियाले चितवनले महाधिवेशनको महत्वपूर्ण अवसर पाएको बताउनुुभयो ।
    दुुई साता अघिमात्रै एमाले भरतपुर महानगरले नयाँ नेतृत्व पाएको छ । सबै वडा अधिवेशन सम्पन्न भइसकेका छन् ।

    शनिबार, मङि्सर ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.