• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

विरामी पुराएर दर्ता भएको स्थानमा तत्कालै नफर्किने एम्बुलेन्सलाई कार्वाही


  •   शुक्रबार, कार्तिक २६, २०७८ मा प्रकाशित
  • भरतपुर/विरामी पुराएर दर्ता भएको स्थानमा तत्कालै नफर्किने एम्बुलेन्सलाई कार्वाही हुने भएको छ । चितवनको पहिलो रेडियो सिनर्जी एफएम ९१.६ मेगाहर्जको गौरवमय २० औं बार्षिकउत्सवको अवसरमा ‘एम्बुलेन्सको अवस्था’ बिषयमा आयोजित जन बहस कार्यक्रममा दर्ता भएकै ठाउँमा एम्बुलेन्सले विरामी कुर्नुपर्ने नियमलाई कडाईका साथ कार्यन्वन गर्नु पर्ने भन्दै सरोकारवालाहरुले कार्वाहीको लागि जोड् दिएका हुन् ।
    अस्पतालमा विरामी कुरेर वस्ने तर ग्रामिण भेग र दर्ता भएका ठाउँमा एम्बुलेन्स नहुने गरेको भन्ने प्रश्नको जभाफ दिदै सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले समेत यस विषयमा प्रशासनले कडई गर्ने बताउनु भयो ।  उहाँले एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउनका लागि नियमहरु कडाइका साथ लागु गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
    जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी प्रवक्ता सुर्य थापाले सेवा दिन गाह्रो मन्ने र फोन सम्पर्कमा नआउने एम्बुलेन्सहरुलाई दर्ता खारेजी प्रक्रिया सम्म लैजान सकिने बताउनु भएको छ ।  एम्बुलेन्स अति आवश्यक सेवा हो हामीले सेवामा रहेका एम्बुलेन्सहरुलाई चेकजाँचमा कडईपनि गरेको छैन् तर उद्धेश्य अनुसार एम्बुलेन्सले सेवा नदिएको भन्ने गुनासो आएमा हामीलाई खबर गर्नुस्, त्यस्ता एम्बुलेन्सको दर्ता खारेजी पनि गर्न सक्छौँ ( उहाँले भन्नु भयो ।

    Advertisement


    स्वास्थ्य कार्यलय चितवनका प्रमुख दीपक प्रसाद तिवारीले प्रशासन संग समन्वय गरेर आम सर्वसाधारणले थाहा पाउँने गरी एम्बुलेन्सको भाडादर सार्वजनिक ठाउँमा राखिने समेत बताउनु भएको छ । बहसमा भाडामा सेवाग्राही ठगिने गरेको भन्ने प्रश्न उठेसंगै उहाँले यस्तो प्रतिवद्धता गर्नु भएको हो ।
    यस्तै, संयुक्त एम्बुलेन्स चालक संघ नेपालका केन्द्रिय अध्यक्ष नवराज लामिछानेले बहसमा एम्बुलेन्स चालक र संघ माथि उठेका प्रश्नको जवाफ दिदैं आफूले एम्बुलेन्स संघ सम्बन्धित अनुगमनको विरोध नगरेको बताउँदै एम्बुलेन्सको अनुगमन गर्दा निष्पक्ष र समान तरिकाले गर्न आग्रह गरे ।
    यसैगरी, जुनसुकै अवस्थामा पनि अगुगमन गर्न, तथा एम्बुलेन्सलाई प्रयोग गरि का गैरकानुनी काम गरेको थाहा पाए कारवार्ही गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवानराज थापाले चेतावनी दिए ।
    बहसमा एम्बुलेन्स चालकहरुले पनि सेवा दिने क्रमका आफना भोगाइहरु सुनाउँदै आफूहरु माथि आइलाग्ने आरोपले काम प्रति झनै नैराश्यता लाग्ने बताएका थिए । उनीहरुले बिरामीको ज्यान एम्बुलेन्स चालकहरुको हातमा हुने बताँउदै चालकलाई आधारभूत स्वास्थ्य सम्बन्धी तालिम तथा जानकारी दिनु जरुरी रहेको बताएका थिए ।
    निजी अस्पताल समन्वय समिति चितवनका सचिव बिक्रम अधिकारीले स्वास्थ्य क्षेत्रको अभिन्न अंगको रुपमा रहेको एम्बुलेन्स सम्बन्धी निर्देशिका अनुसार सेवा दिन नसकिएको कुरा स्वीकार गर्दै प्रभावकारी सेवाका लागि सबैको सहकार्य आवश्यक भएको बताए ।
    पछिल्लो समय चितवनमा एम्बुलेन्स चालकले फोन नउठाएको, बिरामी लिएर अस्पताल आएपछि अस्पतालमै बसेको, अनुगमनको पाटो पित्तलो भएको, बिरामीसँग बढी भाडा लिएको, सुविधायुक्त एम्बुलेन्स नभएको लगायतका जनगुनासोहरु बढ्दै गइरहेको छ ।
    सिनर्जी एफएमको प्राङगणमा भएको बहसमा चितवनमा एम्बुलेन्स सेवाको वर्तमान अवस्था, जनगुनासो, एम्बुलेन्सका मापदण्ड, निर्देशिका, सेवाको प्रभावकारिता, सुधार गर्नुपर्ने पक्ष, अनुगमन लगायतका बिषयमा छलफल भएको थियो ।
    आजको बहसमा उठेका सवालहरुलाई आआफ्नो जिम्मेवारी अनुरुप उपस्थित अतिथिहरुले पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
    एम्बुलेन्स जस्तो अति संवेदनशील बिषयमा भएको बहसले चितवनमा देखिएको विकृति विसंगति हट्दै जानेमा आफूहरु सकारात्मक रहेको बताएका थिए ।
    कार्यक्रमको अन्तमा बहसको कार्यक्रम प्रस्तोता एवं सिनर्जी एफएमका स्टेशन म्यानेजर रामकान्त पौडेलले जनसरोकारका सवालमा सिनर्जी एफएमले आगामीमा दिनमा पनि कार्यक्रमलाई निरन्तरता  दिने बताए ।

    शुक्रबार, कार्तिक २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.