• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

निर्माणको ठेक्का लिएका व्यवसायीहरुलाई समयमै कार्य सम्पन्न गर्न आग्रह :रेनु दाहाल


  •   मङ्गलबार, कार्तिक ०९, २०७८ मा प्रकाशित
  • चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ठुला ठुला आयोजना निर्माणको ठेक्का लिएका व्यवसायीहरुलाई समयमै कार्य सम्पन्न गर्न आग्रह गरेकी छिन् । उनले ठूला ठूला आयोजनाहरू निर्माणको जिम्मा लिएर बिभिन्न बहाना बाजी गर्दै समयमै काम नगरेकोमा आपत्ति जनाउदै अब यस्तो कुनै पनि प्रकारका बहानाबाजी आफूहरूलाई मान्य नहुने बताएकी हुन् ।

    Advertisement

    आईतबार भरतपुर महानगरपालिकाले महानगर भित्र संचालित सघन शहरी विकास तथा भवन कार्यालय, डिभिजन सडक कार्यालय तथा महानगरपालिका अन्तर्गत संचालित विकास सम्बन्धी दर्जन बढी आयोजनाहरूको प्रगति समिक्षा कार्यक्रममा बोल्दै यस्तो धारणा राखेकी हुन् । कार्यक्रममा प्रमुख दाहालले ३ बर्षको ठेक्का सम्झौता गर्ने कार्यालय र निर्माणको जिम्मा लिने निर्माण व्यवसायीको काम गराईले आफूहरुलाई हैरान बनाएको भन्दै यसरी अब नचलने उल्लेख गरिन् । कार्य प्रगति प्रति आक्रोस पोख्दै उनले भनिन्, ‘३ बर्ष ठेक्का सम्झौताको अवधी रहेका आयोजनाहरूको ४ बर्ष पुगिसक्दा पनि ५५, ६० प्रतिसत प्रगति नहुनु के हो

    उनले बहानाबाजी गरेर काम नगर्ने छुट कसैलाई नभएको भन्दै सम्बन्धित कार्यालयका प्रमुख र निर्माण व्यवसायीहरुलाई कार्यतालिका बनाएर तत्काल काम सम्पन्न गर्न निर्देशन समेत गरिन् । भरतपुर महानगरपालिकाले समयमै गुणस्तरिय काम सम्पन्न गर्नुस् भनेर हदै सम्मको सहजिकरण र समन्वय गरिरहेकै छ तर तपाइहरू कामै गर्नु हुन्न भन्दै प्रमुख दाहालले किन यस्तो भईरहेको छ भन्दै प्रश्न गरिन् । ‘तपाईहरूले अति नै गर्नुभयो अब यो छुट तपाईहरुलाई छदै छैन’,उनले भनिन्, ‘कहॉ के समस्या छन्, कसरी हल गर्न सकिन्छ, म हल गर्न तयार छु तर मलाई परिणाम चाहिन्छ ।’

    कार्यक्रममा उपप्रमुख पार्बती शाह ठकुरीले हामी समयमै काम सम्पन्न होस्, नागरिकले त्यसको अनुभूती गर्न पाउन् भनेर हमेसा लागिरहेका छौ तर निर्माण ब्यवसायी मित्रहरू कानमा तेल हालेर बस्नुहुन्छ । उनले भनिन्, कार्यालय प्रमुखहरू रमिते बन्नुहुन्छ यसरी कहाँ हुन्छ < कार्यकाल शुरु गर्दा नै शुरु भएका आयोजनाहरू सकिने बेला सम्म सम्पन्न हुदैन हामीले नगरवासीलाई के जवाफ दिने <’ उनले सबैलाई जन उत्तरदायी भएर काम गर्न सरोकारवाला निकायलाई आग्रह गरिन् ।

    भरतपुर महानगरपालिकाले महानगरपालिका क्षेत्र भित्र संचालित आयोजना समिक्षा कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख जिल्ला अधिकारी आसमान तामाङले ठेक्का लिने र अनेक बहाना झिकेर काम नगर्ने निर्माण व्यवसायीहरुको बानी नफेरिएको भन्दै यो प्रबृत्ति सच्याउनुपर्नेमा जोड दिए । निर्माण व्यवसायीहरू ठेक्का सम्झौता गरेर अनन्तः कालसम्म लम्ब्याई रहन ठेक्का नदिएको भन्दै उनले सम्झौता अवधिभित्रै गुणस्तरिय ढंगले काम सम्पन्न गर्नुपर्ने बताए ।

    निर्माण व्यवसायीहरु राज्यका विकास साझेदार भएको भन्दै उनले ठेक्का अवधि भित्र कार्य सम्पन्न गर्नेहरू पुरस्कृत हुने र बहानबाजी गर्ने, गुणस्तरहिन काम गर्ने समयमै नगर्नेहरूलाई कारवाही हुने बताउदैं स्वेच्छाचारी नबन्न आग्रह गरे । उनले निर्माण व्यवसायीहरुलाई कारबाहीको दायरामा ल्याउन नपरोस् भन्ने आफ्नो चाहना रहेको भन्दै अति गर्नलाई अब छुट दिन नसकिने बताए ।  उनले भने, निर्माण व्यवसायीहरुलाई समस्या भयो, काममा अवरोध भयो तत्काल खबर गर्नुस्, तपाईहरूलाई तत्कालै सहयोग र सहजिकरण हुन्छ तर अब कुनै पनि बहानाबाजीमा काम नगर्नेलाई छुट हुुँदैन् । उनले कार्यालय प्रमुखहरूलाई दैनिक कार्य तालिका मागेर काममा लगाउन र साप्ताहिक प्रगति समिक्षा लिन समेत निर्देशन दिए ।

    भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदी तोकियकै समयमा निर्माण कार्य सम्पन्न नगर्नु राज्यको स्रोत साधनको दुरूपयोग गर्नु हो भन्दै यस्तो दुरूपयोग गर्ने छुट कसैलाई नभएको बताए । आयोजना संचालित वडाका अध्यक्षहरूले विकास योजनाहरु ढिला हुँदा जनताको आक्रोस र हैरानी सहनुपरेको भन्दै जवाफदेही भयर काम गर्न आग्रह गरे । महानगरमा संचालित योजनाहरु मध्ये सघन शहरी डिभिजन कार्यालय अन्तरगत संचालित रिंगरोड तथा लिंकरोड प्याकेज एक र व्याकेज दुई, सडक पहुच सहितको रानी पोखरी पार्क र लक्ष्मीनारायण मन्दिरको प्रगती न्यून छ भने भरतपुर केन्द्रिय बसपार्क को प्रगती न्यून रहेको छ ।

    यता भरतपुर अस्पतालको बिरामी कुरुवाघर निर्माण सम्पन्न भई संचालनमा आईसकेको छ । देवघाटमा निर्माणाधिन विद्युतिय शवदाह गृहको कार्य प्रगती पनि असाध्यै न्यून रहेको छ । भरतपुर सिटीहलको निर्माण कार्य तिब्र गतिका साथ अगाडी बढिरहेको छ । यस्तै, डिभिजन सडक कार्यालय अन्तरगत संचालित हाकिमचोक जगतपुर हुलाकी सडक र ऑपटारी जिल्ला कार्यालय सडकको प्रगति समिक्षा निकै खस्किएको छ । पुल्चोक गोन्द्राङ सडकको प्रगति भने सन्तोसजनक रहेको छ ।

    कार्यक्रममा सघन शहरी विकास कार्यालयका प्रमुख प्रकास अर्याल, डिभजन सडक कार्यालयका प्रमुख बाबुराम सापकोटा, भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहाल लगायतका सरोकारवाला कार्यालयका प्रमुखहरुका साथै आयोजनाहरूका निर्माण व्यवसायीहरुको सहभागिता रहेको थियो ।

    सो अवसरमा कामका दौरान आईपर्ने समस्याहरू आपसी समन्वयमा तत्काल हल गर्न, निर्माणका लागि आवश्यक पर्ने नदीजन्य निर्माण सामाग्रीहरू सम्बन्धित निकायको समन्वयमा आपुर्ती सहज बनाउनुका साथै तोकिएको समय अवधि भित्र एक आपसमा समन्वय गरि निर्माण कार्य सम्पन्न गर्ने सामुहिक प्रतिबद्धता गरिएको छ ।

    मङ्गलबार, कार्तिक ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.