• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ३. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

शारदानगर खानेपानी आयोजना अन्तर्गत ओभरहेड ट्याङ्की शिलान्यास


  •   बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित
  • चितवन /भरतपुर महानगरपालिकामा शारदानगर खानेपानी आयोजना अन्तर्गत ओभरहेड ट्याङ्की शिलान्यास गरिएको छ । महानगरपालिकाको १७, १९ र २० वडालाई  समेट्ने गरी ५० करोड लगानीमा सम्पन्न हुने आयोजनाको बुधबार भरतपुर महानगरपालिका(१९ स्थित मिलडाँडामा महानगर प्रमुख रेनु दाहालले शिलन्यास गरेकी हुन् । सो अवसरमा बोल्दै प्रमुख दाहालले शारदानगर खानेपानी आयोजना भरतपुरको गौरभको आयोजना भएको बताउँदै यसलाई समयमै सम्पन्न गरेर नगरवासीलाई गुणस्तरीय र शुद्ध पिउने पानी प्रदान गर्न उपभोक्ता समितीलाई आग्रह गरिन् ।

    Advertisement


    उनले भरतपुर महानगरपालिकाले २९ वटै वडामा महानगरकै लगानीमा साना ठूला आयोजनाहरू निर्माण गरिएको जनाकारी दिदै  बॉकी निर्माणाधिन आयोजनाहरु छिट्टै सम्पन्न हुने बताईन् ।प्रमुख दाहालले महानगरपालिका भित्र खानेपानीका पूर्वाधार र सरसफाईको क्षेत्रमा करिब ३ अर्ब बराबरको लगानी भइरहेको बताउदै यी आयोजनाहरू सम्पन्न भैसक्दा भरतपुर महानगरपालिकाको सबै क्षेत्रमा शुद्ध पिउने पानीको पहुँच पुग्ने दावी समेत गरिन् ।
    प्रमुख दाहालले संविधानले शुद्ध पिउने पानीलाई नागरिकको आधारभूत अधिकारका रूपमा लिएकाले महानगरले पनि हाल भरतपुर खानेपानी व्यवस्थापन बोर्ड, उपभोक्ता समितीमार्फत आयोजनाबाट ८१ प्रतिशत नागरिकलाई शुद्ध पिउने  पानीको पहुँच पुर्याइएको र निर्माणाधिन आयोजनाहरू सम्पन्न हुँदा भरतपुरमा पिउनेपानीको शत प्रतिशत पहुँच स्थापित गर्ने बताईन् ।


    सो अवसरमा दाहालले भरतपुर महानगरपालिकाले कृषी क्षेत्रमा उत्पादकत्व वृद्धि गरि दुधमा प्रतिलिटर तीन रुपैयाँ नगद अनुदान देखी यान्त्रीकरण र आधुनिकीकरणमा महत्वपूर्ण भूमिका खेलिरहेको बताईन् । उनले पूर्वाधारको क्षेत्रमा भरतपुर महानगरपालिकाले छलाङ मारेको भन्दै आफुँहरु शिक्षा स्वास्थ्य सुशासन साथै महानगरको समग्र विकासमा केन्द्रित भएको उल्लेख गरिन् ।
    यस्तै सो अवसरमा भरतपुर महानगरपालिका वडा नम्वर १९ का वडाध्यक्ष कर्ण बहादुर गुरूङले शारदानगर खानेपानी आयोजनाले यस क्षेत्रका उपभोक्ताहरूलाई शुद्ध र गुणस्तरिय पिउने पानीको सहज पँहुँच स्थापित हुने बताउदै यस आयोजनाबाट बढि भन्दा बढी लाभ लिन उपभोक्ताहरूलाई आग्रह गरे । अध्यक्ष गुरुङले  एडीभी , भरतपुर महानगरपालिका र  स्थानिय उपभोक्ता समितीको सहलगानीमा निर्माण प्रकृया अगाडि बढिरहेको बताउदै गुणस्तरिय निर्माण कार्यमा नियमित अनुगमन र सहजिकरण गर्न उपभोक्ताहरूलाई आग्रह गरे ।
    गुरुङले भरतपुरको समग्र बिकासमा महानगरको मुल नेतृत्व केन्द्रित भयको भन्दै शारदानगर खानेपानी आयोजना ,शारदानगर अस्पताल रानिपोखरी पहुँच मार्ग सहितको रमणिय पार्क निर्माण लगायतका उल्लेख्य कामहरू वडा न १९ मा संचालनमा भइरहेको जानकारी दिए ।
    कार्यक्रममा मिलडॉडा टोल विकास  संस्थाका अध्यक्ष तेज बहादुर गुरुङले यस आयोजनाले शुद्ध पिउने पानीको समस्या समाधान हुने बताउदै यस क्षेत्रमा आयोजना संचालन गरिदिएकोमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई धन्यवाद व्यक्त गरेका थिए ।
    भरतपुर महानगरमा यस आयोजना संचालनमा आएसंगै १९ हजार घरधुरी लाभान्वित हुने छन् । ३ बोरिङ, ३ ओभरहेड टंकी र २७४ किलोमिटर पाईपलाईन विस्तार हुनेछ । २ बर्षमा सम्पन्न गर्ने गरी शर्मा एण्ड कम्पनिले ठेक्का सम्झौता गरी निर्माण कार्य शुरू गरेको छ ।

    बुधबार, कार्तिक ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.