रत्ननगर/रत्ननगरको टाँडी बजार अव्यवस्थित बन्दै गएपछि यहाँको फुटपाथलाई व्यवस्थित गरिने भएको छ । रत्ननगर उद्योग बाणिज्य संघको पहलमा रत्ननगर नगरपालिका र वडा कार्यालयसंग सहकार्य गरी फुटपाथ व्यवस्थित गरिने भएको हो । संघ अन्तर्गतको बजार व्यवस्थापन समितिको शुक्रवार बसेको बैठकले वडा दसैंलाई मध्यनजर गरी टाँडी बजारलाई व्यवस्थित गर्ने निर्णय गरेको समितिका संयोजक तथा संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरीले जानकारी दिए । बजारमा सरसफाई देखि ढल मर्मत,सवारी साधन पार्किङ्ग,सडकको दांया वायामा फुटपाथ मिचेर राखिएको सामानहरु हटाउने, आकासे पुलबाट आवत जावतका लागि विभिन्न संघ सस्थाहरु संग मिलेर जनचेतना मुलक कार्यक्रमहरु आयोजना गर्ने निर्णय भएको बरिष्ठ उपाध्यक्ष गिरीले बताए ।
बजारको दायांवायां सडकमा जमेको पानी र खाल्टाखुल्टीहरुलाई व्यवस्थित गर्न वडा कार्यालय र नगरपालिका संग समन्वय गर्ने, चाडवाडलाई मध्यनजर गरी बजार व्यवस्थापन, सुपथ मूल्यमा सामान विक्री, बजार सरसफाई, सडक पेटी व्यवस्थित निर्णग गरिएको छ । अव्यवस्थित रुपमा रहेका पोलहरु, तारहरुलाई हटाउन पहल गर्ने, पर्ने, अतिव्यस्त भित्री सडकमा नगरपालिकासंग समन्वय गरी हेभि गाडीहरु प्रवेसमा समय निर्धारण गर्ने,वसपार्क व्यवस्थित बजार सुन्दर बनाउन पहल गर्ने लगायतका निर्णय गरिएको संघका बरिष्ठ उपाध्यक्ष गिरीले बताए । संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ, पूर्व अध्यक्षहरु केशवनारायण श्रेष्ठ,नारायणकाजी श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ, वडा नं.२ का वडा सदस्य रामकृष्ण श्रेष्ठ, ट्राफिक प्रहरी कार्यालय,चितवनका प्रतिनिधि अमित कुमार झा,ं बस्तुगत समितिका संयोजक शिवराज मैनालीको उपस्थिति रहेको थियो । कार्यक्रम संघका बरिष्ठ उपाध्यक्ष तथा बजार व्यवस्थापन समितिका संयोजक गिरीको अध्यक्षतामा भएको थियो ।




