• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘औषधि’ हचुवा वा आफूखुशी प्रयोग नगरौं


  •   शनिबार, असोज ०९, २०७८ मा प्रकाशित
  • आज सेप्टेम्बर २५ अर्थात् ‘विश्व फर्मासिष्ट दिवस’। फर्मासिस्टहरूको विशेष दिन। ‘फार्मेसी: सधैँ तपाईंको स्वास्थ्यको लागि विश्वसनीय’ भन्ने नाराका साथ यसवर्ष नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँएको छ।

    भनिन्छ, थोरै खाए अमृत, धेरै खाए विष। हरेक चिजलाई सही तरिकाले प्रयोग गर्नसके अमृत समान हुन्छ तर त्यसलाई विवेकपूर्ण तवरले प्रयोग गर्न नसकिएको खण्डमा विष नबन्ला भन्न सकिन्नँ। औषधिबिना उपचार सम्भव छैन। त्यो तपाईं-हामी सबैले बुझेको कुरा हो। अनि त्यही उपचार गर्ने औषधिसँग प्रत्यक्ष सरोकार राख्ने व्यक्ति हुन् ‘फर्मासिस्ट’ अर्थात् ‘औषधिविज्ञ’।
    विश्वमै स्वास्थ्य क्षेत्रको अत्यन्त सम्मानित एवं संवेदनशील क्षेत्र हो ‘फार्मेसी’ तर विडम्बना नेपालमा त्यस्तो हुन सकेन। कानुन छ, तर कारबाही हुँदैन। भनिन्छ नि, ‘नेपालको कानुन दैवले जानुन्’। नियम बन्छ, तर कार्यान्वयन हुँदैन। जे बन्छ, त्यो कागजमा मात्र सीमित हुन्छ। सबै क्षेत्र केवल बन्छ त अस्तव्यस्त मात्र अनि कसरी हुन्छ विकास ? यसको जिम्मेवार निकाय को ? अनि कसले गरिदिने त्यसको अनुगमन ? अनि टाउकोमा हात राखेर भन्न बाध्य बनाइन्छ ‘बिग्रिएको घरको भत्किएको चाला।’
    विभिन्न अध्ययनलाई हेर्ने हो भने यहाँ औषधि खान नपाएरभन्दा खाएर मर्ने तथा त्यसको शरीरमा नकारात्मक असर पर्नेहरूको संख्या बढी देखिन्छ। कारण हो, औषधिको विवेकपूर्ण प्रयोग नहुनु। आम जनमानसमा पैसा तिरेर औषधि किनेर खान पाउनु आफ्नो अधिकार हो भन्ने भ्रम रहेको पाइन्छ। परिणामस्वरूप चिकित्सकको सल्लाहबिना नै औषधिको खोल देखाएर, नाम भनेर, मोबाइलमा म्यासेज वा फोटो देखाएर फार्मेसीमा औषधि लिन आउनेको संख्या उल्लेखनीय पाइन्छ। जहाँ चिकित्सकको पूर्ण सिफारिस नहुने हुँदा उक्त औषधिको प्रयोग बिरामीका लागि आवश्यक हो वा होइन भन्ने कुरा सुनिश्चित हुँदैन ।

    यति मात्र नभई प्रेस्क्रिप्सनबिना बिक्री-वितरण गर्न नहुने औषधि कानुनी प्रावधानलाई अवलम्बन गर्दै बिनाप्रेस्क्रिप्सल बिक्री-वितरण गरेको खण्डमा औषधि क्रेता झर्कने, झगडा गर्न तम्सने तथा ‘मैले मागेपछि दिनोस् न, के फरक पर्छ? औषधि मेरा लागि हो, मैले खाने हो, तपाईंलाई के मतलब ! असर गर्छ त मलाई गर्छ’ भन्नेजस्ता तथ्यहीन तर्कहरु पेस गर्दै स्वास्थ्यकर्मीलाई नै अप्ठ्यारो पार्ने किसिमका अभिव्यक्तिहरु राख्ने गर्दछन्।

    Advertisement

    अझै भनौँ, स्वास्थ्यकर्मीको सल्लाह लिन खोज्दैनन् वा दिएका सुझावलाई समेत बेवास्ता गर्दछन्। जसको कारण आफ्नो स्वास्थ्यलाई जोखिममा पारिरहेका हुन्छन्। हामी चिकित्सक र फर्मासिस्टको सल्लाहबिना नै आफूखुसी वा हचुवाको भरमा औषधि प्रयोग गर्छाौं, अझै भनौँ आफ्नो घर वा छिमेकको व्यक्तिलाई बिरामी पर्दा ल्याएको औषधि आफूलाई पनि त्यस्तै समस्या भएको त हो नि, किन जँचाउनुपर्‍यो, अनि किन सल्लाह लिइराख्नु पर्‍यो भन्छौँ र त्यसको प्रयोग गर्छौं। त्यो औषधि आफूले प्रयोग गर्नुहुन्छ कि हुँदैन, त्यसको प्रयोगले आफ्नो स्वास्थ्यमा नराम्रो असर पो गर्छ कि ? भन्नेजस्ता कुरामा खासै ध्यान दिँदैनौँ। जसको कारण हाम्रो शरीरमा सामान्यदेखि जटिल समस्या समेत नआउला भन्न सकिँदैन, त्यसले गर्दा हाम्रो शरीर जोखिममा समेत रहन सक्छ।

    अनावश्यक रूपमा एन्टिबायोटिक्सको प्रयोग गर्नु, औषधि पूरा मात्रामा सेवन नगरी बीचैमा छाड्नुजस्ता विभिन्न कारणले गर्दा दिन-प्रतिदिन औषधिले काम गर्न छाड्ने नेपाललगायत विश्वकै प्रमुख समस्या बनिरहेको छ। बच्चा जन्मेदेखि नै हाइडोजको एन्टिबायोटिक्स प्रयोग गर्ने एउटा संस्कार नै बनिसकेको छ। ‘मेरो बच्चालाई एन्टिबायोटिक्स नचलाई सञ्चै हुँदैन, त्यही दिनोस्’ प्रत्येक आमा-बाबुको मुखबाट सुन्न सकिन्छ।

    त्यसले भविष्यमा आफ्नो बच्चालाई कस्तो असर गर्ला ? बिचरा त्यो अबोध आमा-बाबुलाई के थाहा, उनीहरूमा जानकारीको अभाव छ। औषधिको विवेकपूर्ण प्रयोगलाई ख्यालै नगरी औषधिको अन्धा-धुन्ध प्रयोग गर्दै जाने हो भने औषधिले बिस्तारै काम गर्न छाड्दै जाने र नयाँ प्रभावकारी औषधि बन्न नसक्ने हो भने स्वास्थ्य क्षेत्रमा एक समय संकटकाल नआउला भन्न सकिँदैन। त्यसतर्फ फर्मासिस्ट, चिकित्सक, अन्य स्वास्थ्यकर्मी, उपभोक्ता र सबैजना सचेत बन्नु आवश्यक छ।

    हस्पिटलका फार्मेसीहरू निजीकरण गरिनु, जसले गर्दा आम उपभोक्ता औषधिको गुणस्तर र मूल्यमा ठगिनुपरेका गुनासा बाहिर आउने गरेका छन्। देशका होनाहार युवायुवती लागू औषधको दुर्व्यसनमा फस्नु, स्वास्थ्य क्षेत्रमा अध्ययनरत विद्यार्थी र स्वास्थ्यकर्मी स्वयं यसबाट अछुतो नरहनु, गर्भनिरोधक ७२ घण्टे आकस्मिक चक्की अस्थायी साधनका रूपमा प्रयोग गरिनुलाई युवापुस्ताले फेसन नै बनाएका छन्, जसको कारणले औषधिको दीर्घकालीन असर हुनाका साथै त्यस्ता व्यक्तिहरूले सावधानी नअपनाउँदा यौनजन्य सरुवा रोगको प्रकोप बढ्ने उच्च जोखिम समेत उत्तिकै देखिन्छ।

    बिनादर्ता फार्मेसी सञ्चालन गरिनु, दर्ता भएकाको पनि आफ्नो लाइसेन्स नहुनु, औषधि बिक्री-वितरण गर्दा फर्मासिष्ट उपस्थित नहुनुजस्ता थुप्रै अवैधानिक गतिविधि सञ्चालन भइराख्दा पनि विभिन्न कानुन हुँदाहुँदै पनि औषधिको हालीमुहाली सुम्पिएर बसेको संस्था, औषधि व्यवस्था विभाग ‘म पिटेझैँ गर्छु, तँ रोएझैँ गर्’ भनेजस्तै गरेर मूकदर्शक बनेर बसेको देखिन्छ। यो लाचारीपन कहिलेसम्म हावी रहने हो ? फार्मेसीलगायत स्वास्थ्य क्षेत्रको समग्र विकासमा सम्बन्धित निकायको समयमै ध्यान पुगोस्।

    औषधिलगायत औषधिजन्य पदार्थको लागि विदेशको मुख ताक्नुपर्ने अवस्था आगामी दिनमा नआओस्। देशमा थुप्रै सम्भावना छन्, त्यस्ता सम्भावना खोजी गर्न तथा औषधिजस्तो संवेदनशील क्षेत्रको विकास गर्न तथा स्वास्थ्य क्षेत्रको सम्पूर्ण विकासमा फर्मासिष्टहरूको काँधमा ठूलो जिम्मेवारी आएको छ। त्यसको लागि चिकित्सक, अन्य स्वास्थ्यकर्मी, राज्य र त्यस मातहतका सम्बन्धित निकायको पनि सहयोग र साथको खाँचो छ।

    औषधिको विवेकपूर्ण प्रयोग, गुणस्तरीय सेवा, उचित मूल्यजस्ता कुरा कहिल्यै नभुलौँ। उपचारको क्रममा हरेक औषधिको आ-आफ्नै सेवन तथा प्रयोग विधि हुन्छन्, तर बिडम्बना! त्यो औषधि कतिबेला, कस्को लागि, कति मात्रामा, कसरी सेवन गर्ने भन्नेजस्ता स्तरीय निर्देशनलाई समेत पालना नगरी आ-आफ्नै तरिकाले जसरी मनलाग्यो त्यसैगरी प्रयोग गर्ने परिपाटी बढ्दै गएको पाइन्छ । जसको प्रतिफल स्वास्थ्य क्षेत्रमा नै ठूलो संकट नआउला भन्न सकिन्नँ। त्यसकारण औषधिको सही र विवेकपूर्ण प्रयोगतर्फ सम्बन्धित सम्पूर्ण निकायले समयमै ध्यान पुर्‍याउनु जरुरी छ।

    (लेखक पाठक स्वास्थ्य पत्रकार समेत हुन्।)

    शनिबार, असोज ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.