• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

एक बर्षमै १० करोड बढीको मोज्याक टायल बिक्री


  •   शुक्रबार, असोज ०८, २०७८ मा प्रकाशित
  • चितवन/लामो समय मर्मतको झन्झट नहुने, पानी सोस्ने र सुन्दरताका कारण पछिल्लो समय ‘मोज्याक’ टायलको प्रयोग बढेको छ । बजारमा उच्च भार क्षमताका मोज्याक आउन थालेपछि पार्किङ, सडक, सडक पेटी र खुला ठाउँमा यसको प्रयोग बढेको हो ।

    भरतपुर महानगरपालिकाले छ मिटरभन्दा साँघुरा सडकमा मोज्याक टायल अनिवार्य गरेको छ । अन्य पालिकाले पनि साँघुरा सडकमा मोज्याक टायल लगाउन थालेका छन् । महानगरपालिकाको सहरी पूर्वाधार महाशाखाका प्रमुख इञ्जीनियर रत्नप्रसाद लामिछाने महानगरले भारवहन क्षमता एम–२५ भन्दा माथि भएका टायल लगाउन सिफारिस गर्ने गरेको बताउनुहुन्छ । छ मिटरभन्दा साँघुरा सडक र पेटीमा मोज्याक टायल प्रयोग हुने गरेको उहाँको भनाइ छ ।

    Advertisement
    भारवहन क्षमतासँगै सुन्दर देखिने भएकाले मोज्याक टायलको प्रयोग बढेको उहाँ बताउनुहुन्छ । नेपाल गुणस्तर चिह्न प्राप्त उत्पादनलाई महानगरले प्रयोग गर्न स्वीकृत प्रदान गर्ने गरेको छ । यहाँको बजारमा एशियन कङ्क्रिटो प्रालिको उत्पादन अत्यधिक प्रयोग हुँदै आएको छ । महानगरपालिकाका वरिष्ठ इञ्जीनियर भरत आचार्य ढलान र कालोपत्र गर्दा पानी जमेर व्यवस्थापन गर्नुपर्ने भए पनि मोज्याक टायल लगाउँदा पानी सोस्ने भएकाले जमिनमा पानी छिर्ने र व्यवस्थापनमा सहज हुने बताउनुहुन्छ ।

    यसले वातावरण सन्तुलन कायम गर्न सहयोग पुग्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “ढलान र कालोपत्रमा पानीको निकास चाहिन्छ, मोज्याक लगाउँदा जमिनमा पानी ‘रिचार्ज’ हुने हुँदा वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्छ ।” चितवन जस्तो भूमिगत पानी प्रयोग हुने ठाउँमा मोज्याक टायलको प्रयोग प्रभावकारी हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “स्वचालित मेसिनले बनाउने हुँदा प्रयोगशाला परीक्षण गर्नुपर्ने समस्यासमेत हुँदैन ।” हेर्दा आकर्षक देखिने र लामो समय टिकाउ हुने उहाँ बताउनुहुन्छ । स्थानीय उत्पादनहरु ढुङ्गा, गिट्टी, बालुवासमेतको प्रयोग हुने उहाँको भनाइ छ ।

    निर्माण व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष केशव लामिछानेका अनुसार एम–२५ भन्दा माथि भारवहन क्षमता भएको एशियन कङ्क्रिटो मात्र जिल्लामा उपलब्ध भएकाले यहाँ यसको अत्यधिक उपयोग भएको छ । हालै मात्र जग्गदम्बाको उत्पादन पनि आउन थालेको आफूले सुनेको उहाँले बताउनुभयो ।

    नारायणगढको कृषि प्रवद्र्धन बजार विकास प्रालिको ठूलो भू–भागमा मोज्याक टायल लगाइएको छ । सो कम्पनीका प्रबन्ध निर्देशक धीरप्रसाद धितालले आफूहरुले रु दुई करोडभन्दा बढी लगानी गरेर एशिएन कङ्क्रिटोको मोज्याक टायल लगाएको बताउनुभयो । उहाँले भन्नुभयो, “ठूला–ठूला ट्रक भार बोकेर घुम्दा कालोपत्र भएको भए भत्किन्थ्यो होला, तर मोज्याक टायल केही भएको छैन ।” यससँगै सुन्दर बनेको र पानी सोसेका कारण सहज भएको उहाँ बताउनुहुन्छ ।

    पूर्वी चितवनको रत्ननगरमा होटल स्टार ब्याङ्क्वेटमा पनि एशियन कङ्क्रिटो मोज्याक टायल लगाइएको छ । होटलका सञ्चालक भेषराज दुवाडी ढलान र कालोपत्रभन्दा मोज्याक टिकाउ तथा सुन्दर हुने हुँदा प्रयोग गरेको बताउनुहुन्छ । विभिन्न डिजाइनका हुने हुँदा आकर्षक भएको उहाँले बताउनुभयो ।

    यहाँको बजारमा अत्यधिक मात्रामा एशियन कङ्क्रिटो प्रयोग हुँदै आएको छ । कम्पनीको आधिकारिक विक्रेता ओम सञ्जीवनी कङ्क्रिट कन्सर्नका प्रबन्ध निर्देशक निरञ्जन न्यौपाने गत एक वर्षमै रु १० करोडभन्दा बढीको मोज्याक टायल बिक्री गरेको बताउनुहुन्छ । उहाँका अनुसार जिल्लाका सडक, सडकपेटी, मन्दिर, पार्टी प्यालेस, होटल परिसर, फनपार्क, बजार परिसर, अम्रेला स्ट्रिट, मदन भण्डारी पार्क गाँजीपुरलगायत ठाउँमा एशिएन कङक्रिटो प्रयोग भएको छ । नारायणी नदी किनार, कृषि प्रवद्र्धन बजार केन्द्र, देवीस्थान पार्क, भरतपुर अस्पताल, रत्ननगर अस्पताललगायत सरकारी र निजी क्षेत्रमा एशियन कङ्क्रिटो नै प्रयोग भएको न्यौपानेको भनाइ छ ।

    बर्दघाट सुस्तापश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा उक्त कम्पनी रहेको छ । सन् २०१७ मा कम्पनी स्थापना गरिएको हो । कम्पनीका उपाध्यक्ष श्यामल झा रु १५० करोड लगानी गरेर अत्याधुनिक प्रविधिको स्वचालित मेसिनबाट उत्पादन गरिएका कारण बजारमा यसको माग बढिरहेको बताउनुहुन्छ । भारवहन क्षमता एम–३५ देखि एम–५५ सम्म रहेका कारण यसको माग बढी भएको झाको भनाइ छ । यही जर्मन प्रविधिको मेसिन भारतमा पनि दुईवटा मात्रै रहेको उहाँले जानकारी दिनुभयो । कोभिडका कारण भारततर्फ निर्यात रोकिएको जनाउँदै उहाँले सहज बनेसँगै भारतमा समेत निर्यात गर्ने योजना रहेको बताउनुभयो । गत वर्षमात्रै कम्पनीले रु ५० करोडभन्दा बढीको उत्पादन बिक्री गरेको छ । रासस

    शुक्रबार, असोज ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.