लमजुङ/ नेपाली कांग्रेसका युवा नेता श्रीकृष्ण पौडेल लमजुङको राइनास नगरको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । २०६२ सालमा गोरखा क्याम्पसका इकाइ सभापति, २०६५ सालमा गोरखा क्याम्पस स्ववियु सभापतीका उम्मेदवार रहेका पौडेल नेपाल विद्यार्थी संघ (नेविसंघ)लमजुङका पूर्व जिल्ला सचिव समेत हुन । सानै उमेरदेखि राजनीतिमा लागेका उनी अहिले ३४ वर्षमा प्रवेश गरेका छन् । सामाजिक कार्यमा पनि उतिकै सक्रिय उनी राईनास क्षेत्रका एक दिग्गज एवम् नव उदयि नेताका रुपमा चिनिन्छन् । उनको उम्मेदवारीले नगर एवम् जिल्लाभरका अधिकांश कांग्रेसीजन र नागरिकस्तर उत्साह पैदा भएको छ भने उनको उम्मेदवारीलाई लिएर कम्युनिस्ट पार्टीमा भूकम्प नै आएको स्रोतको दाबी छ ।
लमजुङ राइनासमा कान्छो गगन थापा भनेर पनि परिचित रहेका पौडेलको भाषण सुन्नलाई विपक्षी दलका कार्यकर्ता पनि आउँने गरेका छन् । उनमा युवा देखि जेष्ठ कार्यकर्तालासँगै लिएर एउटै मालामा गाँस्ने खुबी भएको क्षेत्रिय प्रतिनिधिहरु बताउँछन् । त्यसो त, पौडेलले पार्टीलाई दरिलो र बलियो बनाउन आफुले सभापतिमा उम्मेदवारी घोषणा गरेको बताएका छन् । पौडेल दूरदर्शी र प्रष्ट विचार राख्ने प्रखर वक्ताका रुपमा परिचित छन् । पार्टी र भातृ संगठनहरुको संरचना तल्लो तहसम्म पुर्याउने लक्ष्यसहित आफु चुनावी मैदानमा होमिएको उनको भनाई छ । सभापतिमा उम्मेदवारी घोषणा गरेसँगै उनले पार्टीका नेता र कार्यकर्तासँग भेटघाट र छलफललाई तीव्रता दिएका छन् । उनले आफू सभापति भएर पार्टीमा युवाको आकर्षण बढाउन विभिन्न अभियान सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् ।
पार्टीको नगर सभापतिलाई भावी मेयरको प्रबल दावेदार मानिन्छ, नेता पौडेलले आफू सभापति बनेमा मेयर नबन्ने स्पष्ट पारेका छन् । प्रखर वक्ताका रुपमा परिचित नेता पौडेल विशेषगरि युवा माझ लोकप्रिय छन् । उनी सभापति बनेमा पार्टीले गति लिने पार्टि पंक्तिमा चर्चा चल्ने गर्दछ । नेता पौडेलले आफू सभापतिमा निर्वाचित भएमा राइनास नगरपालिका र १० वटै वडामा पार्टी कार्यालय स्थापनामा जोड दिने योजना रहेको सुनाए । साथै उनले आगामी स्थानीय तहको निर्वाचनमा नगरपालिकाका साथै सबै वडामा पार्टीलाई जिताएरै छाड्ने अठोट लिएका छन् ।




