Advertisement
पुर्वि चितवनका ४ नगरपालिकालाई लक्षीत गर्दै सेवा दिइरहेको बकुलहर रत्ननगर अस्पतालले एक बर्ष अघि शल्यक्रिया सेवा सुरु गरेको थियो । अस्पतालले हाल विरामीलाई पित्तथैलीको शल्यक्रिया, एपेन्डीसको शल्यक्रिया,पत्थरीको शल्यक्रिया, हर्नियाको शल्यक्रिया,आन्द्राको शल्यक्रिया लगायतको सेवा दिदै आइरहेको र पित्त थैलीको क्यान्सरको शल्यक्रिया,नशाको शल्यक्रिया लगायतको सेवा पनि थप्ने तयारी गरिरहको छ । छिट्टै आईसीयू, पीआईसीयू र एनआईसीयू सञ्चालनमा गर्ने तयारी गरिरहेको अस्पतालले दैनिक छ सय भन्दा बढी विरामीलाई सेवा दिइरहेको छ ।




