• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

धाँधलीको सुनुवाइ नभए पछि बाध्य भएर परराष्ट्र मन्त्रालय पुग्नु पर्यो


  •   सोमबार, असोज ०४, २०७८ मा प्रकाशित
  • काठमाडौं /गैर आवासीय नेपाली संघ एनआरएनको आगामी १० औं महाधिवेशनको सन्दर्भमा भएको धाँधलीको संस्थापन पक्षले सुनुवाई नगर्दा वाध्य भएर परराष्ट्र मन्त्रालय पुग्नु परेको निवेदनकर्ताहरुले बताएका छन । आइसीसीले गरेका विभिन्न १९ वटा कमजोरी तत्काल सुधार्न परराष्ट्र मन्त्रालयबाट तत्काल आवश्यक कदम चाल्न निवेदनकर्ताहरुले मागसमेत गरेका छन । काठमाडौंमा आईतबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनमा आबद्ध ६४ देशको आवद्धता र प्रतिनिधि छान्ने विषयमा गम्भीर समस्या भएको उनीहरुले बताए ।

    Advertisement

    परराष्ट्र मन्त्रालयमा निवेदन दिएका एनआरएनए अमेरिकाका सल्लाहकार बेदप्रसाद खरेल, मानार्थ सदस्य नवराज ओली (शनि ओली–कतार) र आइसीसी पूर्व सचिव जानकी गुरुङले पत्रकार सम्मेलन गरी समयमै चुनाव हुनुपर्नेमा जोड दिए । निवेदकहरुले विधानविपरित सार्वजनिक गरिएको नामावली नसच्चिएसम्म आगामी अक्टोबर २३–२५ का लागि तोकिएको महाधिवेशन सम्बन्धि काम कारबाही रोक्न गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद र सचिवालयको नाममा निर्देशन जारी गर्न परराष्ट्रसमक्ष मागसमेत गरेका छन । एनआरएनले प्रारम्भ गरेको निर्वाचन प्रक्रिया पूर्णरूपमा धाँधलीपूर्ण तथा संघको विधान, प्रचलित मान्यता, न्यायिक सिद्धान्त विपरित भएको बताए । एनआरएन केन्द्रले विधान विपरित भएका कामका विषयमा पटक पटक जानकारी गराउँदा पनि सुनुवाई नभएकाले परराष्ट्र मन्त्रालयसम्म पुग्नु परेको उनीहरुले स्पष्ट पारेका हुन । आफूहरु परराष्ट्र मन्त्रालयमा निवेदन दिँदा राजनीति गरेको आरोप लगाएर विषयलाई मोड्न खोजिएको उनि हरुले बताए । उनीहरुले संघको मनोमानी तोड्नकै लागी आफुहरु पररास्ट्र पुगेको बताए । संघको केन्द्रीय सचिवालयले गरेका काम, निर्णय संघको विधान विपरित भएको उनीहरुले पत्रकार सम्मेलनमा बताए ।

    ‘संघको भविष्य, यसमा आबद्ध सम्पूर्ण एनसिसीहरुको भविष्य र विश्वभरि रहेका गैर आवासीय नेपालीहरूको हक अधिकारका लागि हामी परराष्ट्र मन्त्रालयमा धाँधलीको प्रमाणसहित उजुरी दर्ता गराएका छौं’ तीनजनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गैर आवासीय नेपाली संघ आइसीसीका महासचिव हेमराज शर्मा तथा सचिव गौरीराज जोशीले सञ्चालन गरेको सचिवालयले संघको विधान आफूखुसी व्याख्या गर्ने, आफ्नो अनुकूल नरहेका एनसीसीलाई बिनाकारण दुःख दिने, विभिन्न देशबाट छानिएर आउने प्रतिनिधिमा दोहोरो तेहेरो मापदण्ड अपनाउने काम गरेको उनीहरुले बताए । ‘विश्वभरि छरिएका नेपालीहरूको हकहित र अधिकारको संरक्षणका लागि हामी बाध्य भएर उजुरीको तहसम्म पुग्नु परेको हो’, जारी विज्ञप्तिमा भनिएको छ, ‘गत जुनमा महासचिव शर्माले एनसीसीहरुको चुनाव नहुँदै पुरानै एनसीसीहरुलाई अगष्ट १५ भित्र ६५ प्रतिशत प्रतिनिधि चयन गरी पठाउन पत्र लेखे । जसअनुसार अधिकांश पूर्व एनसिसीहरुले विधान विपरित एकलौटी रुपमा प्रतिनिधिहरुको नामावली पठाएको खुलासा भएको छ ।’ विभिन्न देशका एनसीसीहरुले विधानसम्मत रुपमा चयन गरी पठाएको डेलिगेट्सहरुको नामावली महासचिव शर्मा र सचिव जोशीले आफूखुसी हेरफेर गरी निर्वाचनलाई प्रभावित पार्ने उद्देश्य राखेको पत्रकार सम्मेलनमा महिला उपाध्यक्षकी प्रत्यासी जानकी गुरुङले बताइन । विभिन्न एनसिसीहरुले पटकपटक उजुरी गर्दा पनि अध्यक्ष कुमार पन्त तथा केन्द्रीय सचिवालयमा रहेका पदाधिकारीहरूले कुनै सुनुवाइ नगरेको विज्ञप्तिमा उल्लेख छ ।

    संघले अहिलेसम्म ती उजुरीबारे आधिकारिक रुपमा सल्लाह, परामर्श नगरी एकलौटी रूपमा निर्वाचन प्रकिया अघि बढाउन थालेको निवेदकहरुको टिप्पणी छ । ‘गलत भयो भन्नेहरूको आवाज दबाउने र पेलेर लैजाने काम भएकोले हामीले वाध्य भएर मन्त्रालयमा उजुरी दिएका हौँ’ विज्ञप्तिमा भनिएको छ । गतसाता परराष्ट्र मन्त्रालयले एनसिसीहरुको निर्वाचनमा प्रविधिको दुरुपयोग गरिएको, एनसीसीहरुको अधिवेशनका लागि तोकिएको मितिभन्दा पछि पनि अधिवेशन गरिएको, तोकिएको मितिभन्दा पछि पनि महाधिवेशन प्रतिनिधि चयन गरिएको, उम्मेदवार भएका व्यक्तिहरु नै निर्वाचन प्रक्रियामा सहभागी भएकोले निर्वाचनको निष्पक्षतामा प्रश्न उठेको, निर्वाचन आचारसंहिता पालना तथा लागू नगरिएको, महाधिवेशन प्रतिनिधिहरुको विवरण संघको वेबसाइटमा प्रकाशित नगरिएको लगायतका विषयमा पाँच दिनको समय दिएर एनआरएनए आइसीसीसँग स्पष्टीकरण माग गरेको थियो । परराष्ट्रले सोधेको स्पष्टीकरणका बारेमा गम्भीर भएर जवाफ दिनुका साथै समस्या समाधान गर्नुको सट्टा केन्द्रीय समितीले झारा टार्ने र संघमा परेका उजुरी समाधान गर्न तत्परता नदेखाएको बताएका छन् ।

    गैर आवासीय नेपाली संघ २०६० सालमा परराष्ट्र मन्त्रालयमा विधिवतरुपमा दर्ता भई नेपाल तथा विदेशमा समेत आफना गतिविधिहरु संचालन गरिरहेको गैर आवासीय नेपालीहरुको साझा संस्था हो । मन्त्रालयमा दर्ता भएकाले संघको विधान तथा निर्णयहरुमा एकरुपता नभई विवाद भएकाले कानुन बमोजिम एकरुपता कायम गरी विवाद समाधान गर्ने एकमात्र निकाय परराष्ट्र भएकाले निवेदन दिन वाध्य भएको निवेदनकर्ताहरुले जनाएका छन । पत्रकार सम्मेलनमा संघको बर्तमान नेतृत्वले हालको मनोमानी तोडेर तुरुन्त डेलिगेट्स सच्याएर अगाडी बढनुपर्ने बताए ।

    सोमबार, असोज ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.