उनको स्वर रहेको नयाँ गीत ‘स्वीटर कुरुश…’ लोकगायक मानसिंह खड्काको आधिकारिक युट्युब च्यानल मानसिंह खड्का मार्फत शनिबार सार्वजनिक भएको हो। उनले यस अघि पहिलो पटक लोकदोहोरी गीत ‘मेरो माया कहाँ छ…’गाईसकेकी छिन्।
कलाकार टिकाराम थापा ‘तुफान’ को प्रस्तुती रहेको उक्त गीतमा पुरुष कलाकारको स्वरमा टिकाराम थापा ‘तुफान’ को स्वर रहेको छ भने थापाकै शब्द, संगीत रहेको छ।
Advertisement
सुर संगीत डिजिटलमा रेकर्डिङ गरिएको गीत जुजु गुरुङले एरेन्जिङ गरेका छन्। गीतको म्युजिक भिडियोमा कलाकारहरु मानसिंह खड्का, धनमाया नेपाली, बबिन सिंह ठकुरी, सम्प्रिया खड्का, गोविन्द विवस र चित्रा मगरले अभिनय गरेका छन्।




