चितवन/ चितवनको भरतपुर हाइटमा सिराइचुली होटल सञ्चालनमा आएको छ । डिलक्स फोर स्टार लेबलको होटल हालै सञ्चालनमा आएको हो । होटल सञ्चालनमा आएसँगै महाप्रवन्धकमा रोशन खवास नियुक्त भएका छन् । देश तथा विदेशका फाइभ स्टार लगायतका होटलमा २५ वर्षको अनुभव संगालेका खवास सेप्टेम्बर फस्टबाट सिराइचुली होटलमा आबद्ध भएका हुन् ।


होटलमा स्ट्याण्डर्ड, एक्जुकेटिभ, डिलक्स र स्विट गरी ७१ वटा रुम छन् । १० कठ्ठा जमिनमा सञ्चालनमा आएको यो होटल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्ने विश्वास गरिएको हो । चितवनको राम्रो लोकेसनमा होटल सञ्चालनमा आएको छ । होटलमा ३ वटा बलरुम छन् । जहाँ कार्यक्रम गर्नका लागि ८० देखि ५०० जनासम्मको क्षमता छ । ५ वटा बोर्ड मिटिङ रुम छन् । २ वटा रेष्टुरेन्ट छन् । पाँचौं तलमा रहेको रुफटप रेष्टुरेन्टलाई ‘कौशी’ नामबाट ब्राण्डिङ गरिएको छ भने ग्राउण्ड फ्लोरमा ‘टिमुर’ रेष्टुरेन्ट छ ।
Advertisement

पाँचौं तलामा आउटडोर इन्फिनिटी स्विमिङ पुलको सुविधा छ । जहाँ साइडसिनको मज्जा लिदै स्विमिङ गर्न सकिन्छ । होटलमा हेल्थ क्लब, स्पा, स्टिमको सुविधा पनि उपलब्ध छ । होटलमा २ वटा बेसमेन्ट पार्किङको सुविधा छ । व्यावसायिक क्षेत्रमा लामो अनुभव संगालेका व्यवसायीहरुको संयुक्त लगानीमा होटल सञ्चालनमा आएको हो । होटलमा झण्डै एक अर्ब रुपैयाँ लगानी भएको बताइएको छ । ‘बजारको नजिक रहेर पनि जंगल र सिटी भ्युको लागि होटल निकै राम्रो छ,’ महाप्रवन्धक खवास भन्छन् । पर्यटकलाई पारिवारिक वातावरणमा सेवा प्रदान हुने उनले बताए ।




