• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

एनआरएनए महासचिवमा कुलटिम बाट डा. केशव पौडेलको उम्मेदवारी


  •   आइतबार, भदौ २७, २०७८ मा प्रकाशित
  • काठमाडौं /नेपालबाहिर बस्ने नेपालीको सबैभन्दा ठूलो र महत्वपूर्ण सँस्था गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन । आगामी अक्टोबरमा हुने १०औँ महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारले आ–आफ्नो उम्मेदवारी घोषणा गरी चुनाव प्रचारप्रसार गरिरहेका छन । यसै सन्दर्भमा एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष डा. केशव पौडेलले आशन्न महाधिवेशनमा एनआरएनएको महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन ।

    एनआरएनएको महासचिव महत्वपूर्ण जिम्मेवारीको पद हो । एनआरएनमा सबैभन्दा बढी सदस्य रहेको च्याप्टर अमेरिका नै हो । सबैमाझ लोकप्रिय र नम्र स्वभावका डा. पौडेल संस्थागत विकासका लागि यस पटक आफूले महासचिव पदमा उम्मेदवारी दिएको बताए । उनले संस्थाको पद्धति र पारदर्शीतासहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न यस पटकको महाधिवेशनमा महासचिव पदमा आफूले उम्मेदवारी दिएको बताए । तनहुँ जिल्ला व्यास नगरपालिका–९ स्थायी घर भएका उनी विगत १७ वर्षदेखि अमेरिकामा चिकित्सा क्षेत्रमा संलग्न भएका समाजसेवी र एनआरएनए अभियन्ता हुन् । एनआरएनए अभियानमा शुरुदेखि संलग्न पौडेल सन २०१३–२०१५ मा एनआरएनए अमेरिकाको सल्लाहकार, २०१५–२०१७ र २०१७–२०१९ सम्म निरन्तर दुई कार्यकाल एनआरएनए अमेरिकाको सफल अध्यक्ष र सन २०१९–२०२१ सम्म एनआरएनए अमेरिकाको प्रमुख संरक्षकको भूमिका निर्वाह गरेका अभियन्ता हुन ।
    डा.पौडेलले यस पटक एनआरएनएमा संस्थागत सुशासन र पारदर्शीतालाई मुख्य प्राथमिकतामा राखेर मतदातासामु प्रस्तुत भएका छन ।

    Advertisement

    अमेरिकामा सक्रिय चिकित्सक पेसामा संलग्न डा. पौडेलको नेपालमा ग्रिनसिटी अस्पताल लगाएत विविध क्षेत्रमा लगानी गरेका सफल ब्यावसायी पनि हुन । डा. पौडेल चिकित्सा क्षेत्रअन्तर्गत विशेषगरी इन्टरनल मेडिसिन विज्ञका रूपमा विश्वमा परिचित छन । डा. पौडेलले वर्तमान अवस्थामा कोभिड–१९ को उपचार र रोकथामका लागि एनआरएनए अमेरिकाको सहजीकरणमा करोडौ मूल्य बराबरको आवश्यक स्वास्थ्य सामग्री नेपाल सरकारलाई उपलब्ध गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । डा. पौडेलको अमेरिकामा चिकित्सा क्षेत्रसँगै होटल व्यवसायमा समेत लगानी गरेका छन ।

    एनआरएनएको अभियानमा २०१५ पछि संघबाट धेरै काम गर्न सकिन्थ्यो तर, खासै रुपमा उपलब्धिका काम गर्न नसकेको डा.पौडेलले आरोप लगाएका छन । ‘हाल सँस्थामा केहि भएका काम नियमित भनौं या दैनिक रुपमा गर्ने काम मात्र भएका छन । केहि पुराना कुरा निरन्तर दिने र केहि प्रोजेक्ट सम्पन्न गर्ने काम भएको छ । त्यो पाटो राम्रो हो तर गर्नुपर्ने धेरै काम बाँकी छन । हाल एनआरएनहरुको मुख्य एजेण्डाहरु नै छायाँमा परेका छन । कतिपय त बिषयको उठान नै नभएको अवस्था छ’, उनले बताए ।
    गैरआवासीय नेपाली संघमा रुपान्तरण आवश्यक मात्र होइन अति नै आवश्यक भएको डा.पौडेलको भनाई रहेको छ । डा.पौडेलको योजनामा संघको संरचना परिबर्तन , नेपाल सरकारले भनेको जस्तो विदेशमा बस्ने नेपाली र नेपाली मुलका बिदेशी नेपालीको प्रष्ट कुरा , हरेक क्षेत्रका प्रमुख मुद्धाहरुलाई उठाउने मात्र होइन टुंगो नै लगाउने,विश्व भरिका एनसीसीहरुको लागि स्वायत्त तर सँगै हिड्ने संरचना बनाउने,वर्तमान र विगतका नेतृत्वले गरेका, गर्न

    बाँकी रहेका राम्रा काम र संघको भन्दा व्यक्तिका हितका लागि दर्ज गरेका केहि अबैधानिक,बिधान मिचेका र अन्य सबै कुरा पुनर्विचार र पुनःब्यबस्था गर्ने रहेको छ ।
    ‘गैरआवासीय नेपाली नागरिकताको बिषय नेपालको संबिधान प्रदत्त अधिकार भैसक्यो । केवल नागरिकता दिने बिधि, अधिकार के कति, कसरी भन्ने ऐन बन्न बाँकी रहेको हो । त्यससंबन्धि संबन्धित देशका एनसीसीहरु र हामीले जितेमा आइसीसी नेतृत्व सबैले एकैसाथमा गएर, नेपाल सरकारका सम्बद्ध निकाय र संसद सबैमा पुगेर टुंगो लगाउनुपर्छ’, डा. पौडेलको भनाई रहेको छ । मध्यपूर्व, मलेसिया, कोरियालगायत देशको श्रम मात्र होइन हरेक क्षेत्रको सबै मुद्धा उठाउने यथोचित रुपमा टुंगोमा पुर्याउनुपन, धेरै समय मध्यपुर्व र मलेसियाका श्रमिकको कुरा धेरै उठाइएको तर समाधानतर्फ अगाडि बढन नसकेको अबस्थामा आफुले योजना नै बनाएर अगाडि बढेको डा पौडेलको भनाई छ ।

    गैरआवासीय नेपाली नागरिकता र अन्य हक–अधिकारको बिषय नेपालको संबिधानमा लेखिएर आएको यतिका बर्षभयो तर पनि त्यसको ऐन बनाउन पहल पुगेको छैन। मध्यपूर्वमा श्रमिकका बिषय हरेक पटक उठाइन्छ तर पहल कम हुन्छ। अष्ट्रेलिया र सो क्षेत्रमा बिधार्थीहरुको कुरा सुनिएकै नै छैन। यूरोपमा नेपालीहरुको आप्रवासी समस्या धेरै आएका छन् त्यसलाई उठाएको नै छैन। अफ्रिकामा नयाँ लगानी मात्र होइन थुप्रै देशमा रहेका पातलो नेपाली समुदायको सक्रियता अत्यन्तै धेरै छ तर संयोजन गर्ने ध्यान पुगेको छैन। एशियाका धेरै देशमा नेपाली उत्पादनको ब्यापार र नेपालसँग जोडिएको धार्मिक–सांस्कृतिक बिषय कहिल्यै पनि उठेको नै छैन ।

    संघमा संचार र अन्य थुप्रै बिषयमा पारदर्शि छैन । नेतृत्व बिकास, एनसीसीहरुको विवादलाइ न्यूनिकरण, सहजीकरण जस्ता भन्दा रोक्ने, विभेद गर्ने जस्ता काम धेरै भएका छन । यस्ता धेरै विषय छन् त्यसलाई एउटा सफल प्रशाशक भएर मात्र पुरा गर्न सकिन्छ । संघमा धेरै सँस्थागत बिकासका दर्जनौ काम बाँकी छन ती काम पुरा गर्नकै लागी आफुले महासचिबमा उम्मेदवारी दिएको डा पौडेलले बताए । यो पटक आफू विश्व भरिका अन्य पदका आकांक्षीहरुसँग सम्पर्कमा रहेको, एनसीसीका नेतृत्व र आकांक्षीहरुसँग संयोजन गरेर अगाडी आएको छु । अब संघका एकदम सफल र सक्रिय व्यक्तिहरुको आगमनले हाम्रो संघलाइ उद्देश्यप्रति केन्दित गराउने हो, डा पौडेलले भने ।
    आफू यो पटक तयारीका साथ महासचिव पदमा उम्मेदवार भएको बताउँछन पौडेल । ‘मेरा कामका बिषय निर्दिष्ट छन । मेरो बानी बिचलित हुने खालको छैन, म अडानमा नडग्ने मान्छे हु । यसमा मेरो कुनै अन्य स्वार्थ छैन र हँुदैन । केवल एनआरएनहरुको बिषयलाइ उठाएर समाधान गर्नेतर्फ लागि पर्ने हो । संघको प्रमुख मुद्धालाइ टुंगोमा पुर्याउने नै मेरो उद्देश्य हो । त्यसलाई पुरा गर्न महासचिव मात्र होइन भविष्यमा अध्यक्षकै लागि पनि तयार भएर आएको छु,’ डा पौडेलको दावी छ ।

    ‘सम्पूर्ण एनआरएनए एनसीसीहरुलाई एउटा सजिलो, स्वतन्त्र तर उस्तै खालको ब्राण्डको प्रडक्ट जस्तै स्ट्याण्डर्ड बनाउनुपर्छ । हरेक देशका कानुनलाइ सम्मान गर्दै त्यो अनुसार प्राक्टिस गर्नुपर्छ । संघका पूर्व अध्यक्ष शेष घलेको भिजन २०२० एण्ड बियोण्ड २०१७ को महाधिवेशनबाट नै पारित भएको हो । त्यसका केहि टुक्रा मात्र लिएर केहि व्यक्तिहरुको फाइदाको लागि मात्र प्रयोग भएको छ । तर त्यो सिंगो स्वरुप भने लुकाईएको छ । यदि संघलाइ साँच्चै अगाडी लैजाने हो भने त्यो बिषय फेरी पनि छलफलमा ल्याउनु जरुरी भएको छ । त्यो अनुरुपको नीति–बिधि तयार पारेर सोहि अनुरुपको संघको शशक्त प्रशासन बनाएर चलाउनुपर्छ । म आफूमा त्यसप्रति पूर्ण विश्वाश छ, डा पौडेलले भने ।

    पौडेलका अनुसार परिस्थतिका आधारमा विश्वका सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई फरक–फरक खण्डमा राखेर त्यसैका आधारमा संघका सदस्यहरुको सुविधाको ब्यबस्था गर्नुपर्छ । अमेरिका, क्यानाडा, बेलायत, न्यूजिल्याण्ड र अष्ट्रेलिया जस्ता एउटै खाले प्रकृति भएका देश र केहि ठुला सदस्य संख्या भएका देशहरुमा फरक रुपमा नीति तय गरिनुपर्छ । ‘नेपाली मुलका बिदेशी नागरिक, स्थायी वासिन्दाहरुको लागि फरक रुपमा सक्रियता बढाउने काम गर्नुपर्छ। तर यसको सट्टा हाल उनीहरुलाइ दबाइएको छ । कुनै स्थान नै दिने काम भएको छैन । उनीहरु नै सहि अर्थमा छुटाउन नहुने अभिन्न भाग हुन् तर त्यसलाई हाल संघको नाम गैरआवासीय नेपालीसँग नै बाझिने गरेर छुटाईएको छ’, उनी भन्छन ।

    नेपालमा गैरआवासीय नेपाली संघको अधिवेशन गर्दा केहि हजार छनोट गरिएका प्रतिनिधिहरु लगेर होइन ५० औं हजार नेपाली लगेर भब्य कार्यक्रम गर्दा नेपालको शान र आर्थिक पाटोमा नै फरक रुपले योगदान दिन सकिने डा पौडेललले बताए । ‘यसतर्फ हाम्रो ध्यान पुगेको नै छैन त्यो मैले गर्नेछु । यति मात्र होइन नेपालमा लगानी संबन्धि नै धेरै काम गर्न बाँकी छ त्यो म महासचिब भएमा गर्नेछु । गैरआवासीय नेपालीहरुको यस्ता अरु धेरै मुख्य मुद्धाहरु समेत उजागर गर्नुपर्छ । यस्ता दर्जनौ बिषय लिएर आफूले महासचिवमा उम्मेदवारी दिएको हुँ’, डा.पौडेलले बताए । सम्पुर्ण गैरआवासीयय नेपालीलाई आफ्नो अभियानमा साथ दिई आफुलाई विजयी गराउन पौडेलले अनुरोध गरेका छन् । आगामी अक्टोबर २३ देखि २५ सम्म हुने एनआरएनए अन्तर्राष्ट्रिय परिषद् आइसिसीको सम्मेलनका दौरानमा भर्चुअलमार्फत हुने निर्वाचनमा विभिन्न पदका आकांक्षीले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । निर्वाचन कार्यक्रममा ६५ मुलुकका तीन हजार ६०० प्रतिनिधि भर्चुअलमार्फत सहभागी हुनेछन् ।

    आइतबार, भदौ २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.