• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

महिला चेम्बरको आयोजनामा कृषि उद्यमशिलता प्रबर्धनात्मक अन्तर्कृया कार्यक्रम सम्पन्न


  •   सोमबार, भदौ २१, २०७८ मा प्रकाशित
  • काठमाडौं/कृषिमा लागेका महिला उद्यमीहरुको प्रबर्धन गर्ने उदेश्यका साथ नेपाल महिला चेम्बरले ‘अनुभव आदानप्रदान तथा अन्तर्कृया कार्यक्रम’ आयोजना गरेको छ । कार्यक्रम नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको सभापतित्वमा सम्पन्न भएको हो । भर्चुअल माध्यमबाट आयोजित सो कार्यक्रममा कृषि पेशामा आबद्ध महिला उद्यमीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

    सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले अहिले जसरी भए पनि काम गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै मुलुकमा उत्पादन ब्रिद्धी गरी देशलाई आत्मनिर्भर बनाउन उत्पादनशिल कृषि क्षेत्रमा लगानी बिस्तार गर्नुपर्ने बताए ।

    Advertisement

    चेम्बर अध्यक्ष मल्लले विचौलियाका कारण उद्यमीहरुलाई मुल्य र बजारीकरणमा समस्या उत्पन्न हुँदै आएकोले सामुहिक रुपमा मिलेर जाँदा सबैलाई निर्यात एवम् बजारिकरण गर्न सहज हुने बताउदै जिल्ला तथा स्थानिय स्तरमा सानो स्केलमा सहकारी मार्फत र केन्द्र तथा ठुलो स्तरमा लिमिटेड कम्पनी मार्फत कृषि क्षेत्रमा काम गर्न पनि उनले सुझाव दिदै चेम्बरले व्यापार प्रबर्धनमा सघाउ पुर्याउने जनाए ।

    अध्यक्ष मल्लले कृषि पर्यटन र प्रविधिलाई जोडेर अघि बढनुपर्ने आवश्यकता औंल्याउदै भन्सार छुटमा ढुवानी साधनहरु खरिद गर्ने व्यवस्था सरकारले मिलाउनु पर्ने आवश्यकता रहेको धारणा समेत राखे ।

    साथै उनले महिला चेम्बरले पछिल्लो समय देखाएको सकृयताको प्रशंसा गर्दै नेपाल चेम्बरको तर्फबाट महिला चेम्बर नेतृत्वको मुक्तकण्ठले प्रशंसा समेत गरे ।

    कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष समेत रहेकी नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले अनुभव साटासाटले राम्रा र नराम्रा दुवै पक्षलाई केलाउदै अघि बढदा एक अर्कामाथि परेको समस्या समाधान गर्दै र सहज रुपमा अघि बढन सघाउ पुग्ने राय पेश गरिन । अध्यक्ष श्रेष्ठले महिला उद्यमीहरुलाई सहजीकरण गर्ने उदेश्यका साथ नेपाल महिला चेम्बरले ब्राण्डिङ्, प्याकेजिङ, मार्केटिङ, वित्त व्यवस्थापन लगायतका प्रभावकारी कार्यक्रम गरिसकेको उल्लेख गर्दै अनुभव आदान प्रदान र अन्तर्कृया कार्यक्रमले थप रुपमा महिला दिदी बहिनीहरुलाई प्रोत्साहन र बजार प्रबर्धन समेतमा मद्दत पुग्ने दाबी पेश गरिन । साथै उनले व्यापार, रुची र विज्ञताले पनि सफलता हासिल गर्न अहम भूमिका खेल्ने बताउदै महिला उद्यमीहरुलाई गोलबद्ध गराई प्रभावकारी कार्यक्रमको माध्यमबाट अन्य कार्यक्रममा समेत् जोडदै जाने वचनबद्धता व्यक्त गरिन ।

    कृषि अध्येता डा. दिपक शर्माले आफुले १० बर्ष देखी जडीबुटिको बिषयमा अध्ययन गरेको बताउदै नेपालले भारत र चीन मात्र नभई तेस्रो मुलुकमा समेत निर्यात गर्ने लक्ष्यका साथ गुणस्तरिय उत्पादन माथि केन्द्रित हुनुपर्ने बताए ।

    जडीबुटिजन्य सामाग्री उत्पादक एवम् निर्यातकर्ता प्रेम तिवारीले सरकारबाट आवश्यक सहयोग नपाउदा जडीबुटिजन्य सामाग्रीको बजारीकरणमा समस्या हुँदै आएको उल्लेख गर्दै आफुले टिमुर र अलैचीको बिक्री गर्दै आएको
    र उक्त वस्तुहरु लोकल मार्केटमा भन्दा अन्तरास्ट्रिय बजारमा बढि बिक्री गर्ने गरेको जानकारी दिए । साथै उनले ल्याब नभएका कारण नेपाली उत्पादनलाई विदेशी बजारमा लैजान अप्ठयारो हुने गरेको र हाल विश्व बजारमा बेसारको राम्रो माग रहेको पनि जनाए ।

    सफल चार महिला उद्यमीहरुले आफ्नो सफलताको कथा बारे अनुभव राखेका थिए । सो अवसरमा आफ्नो अनुभव राख्दै अदुवा लगायतका कृषिजन्य उत्पादनको बजारीकरण गर्दै आएकी महिला उद्यमी सुलोचना श्रेष्ठले आफुले कर्णाली लगायतका देशका विभिन्न ग्रामीण भेगका कृषक वर्गबाट उत्पादित अर्गानिक उत्पादनको बजारिकरण गर्दै आएको जानकारी दिदै उक्त उत्पादनहरुलाई अन्तरास्ट्रिय बजारमा पुर्याउन मापदण्डहरु पुरा गर्नुपर्ने भएकाले गुणस्तर माथि बढि ध्यान दिईने गरेको बताईन् । साथै, उनले आफुहरुले अर्गानिक उत्पादनका लागि पर्यावरणीय सन्तुलनमा समेत बिशेष महत्व दिदै आएको जनाईन् ।

    किसानलाई विचौलियाहरुबाट ठगीनबाट जोगाउन सचेतनामुलक गतिविधीहरुको गर्दै आएको र यसका लागि प्रभावकारी कार्यक्रम समेतको खाँचो महशुश गरि निकट भविस्यमा किसानको हितमा हुने गरि कार्यक्रम प्रस्तुत गर्ने लक्ष्य बोकेर अघि बढेको पनि उनले बताईन् ।

    मौरी पालक महिला उद्यमी सरिता भट्टराईले आफु दश बर्ष देखी मौरी पालनमा लाग्न थालनी गरेको जानकारी दिदै लगन र अठोटका साथ कर्ममा तल्लिन भएकाले चुनौतीहरुको सहज रुपमा सामना गर्न सकेको बताईन् । शिपका कारण आफु अगाडि भएको महशुश गरेको र शुद्ध महको माग विश्व बजारमा अधिक रहेको उल्लेख उनले गरिन ।

    त्यसैगरि चिया उत्पादक महिला उद्यमी रुची शिवाकोटीले आफुहरुले उत्पादन गर्ने चियाको ३० प्रतिशत स्वदेशी बजार र ७० प्रतिशत भारतिय बजारमा खपत हुँदै आएको जानकारी दिदै चिया पत्तीहरु संकलन गर्दा ग्रेडका आधारमा बगानलाई शुल्क तिर्ने गरेको बताईन् ।

    उनले चियाको रङ् र लिक्करका आधारमा चियाको गुणस्तर मापन हुने र सोही अनुरुप मुल्य निर्धारण हुने जनाईन् । चिया बिक्री गर्दा स्याम्पलिङ गरि क्रेताहरुलाई पठाउने गरेको पनि उनले उल्लेख गरिन ।

    कार्यक्रममा कफी उत्पादक गर्दै आएकी महिला उद्यमी मना भट्टराईले महिला चेम्बरले महिला उद्यमीहरुलाई प्रबर्धन गर्न देखाउदै आएको अग्रसरताको लागि आभार प्रकट गरिन ।

    कार्यक्रममा सहजकर्ताको भूमिका निर्वाह गर्दै नेपाल चेम्बर अफ कमर्शकी कार्यकारीणी सदस्य तथा नेपाल महिला चेम्बरकी महासचिव लिमा अधिकारीले महिला चेम्बरले महिला उद्यमीहरुलाई एकत्रित गरि सामुहिक लगानीमा व्यवसाय संचालन गर्न चेम्बर नेतृत्वको सुझावलाई ग्रहण गर्दै अघि बढन गृह कार्यमा जुटने प्रतिबद्धता व्यक्त गरिन ।

    कार्यक्रम माझ देशैभरबाट सहभागी महिला उद्यमीहरुले अन्तर्कृया सत्र माझ आ आफ्नो अनुभव र समस्याहरु राखेका थिए भने वक्ताहरुले फ्लोरमा उठेका सवालको जवाफ दिएका थिए ।

    कार्यक्रममा नेपाल महिला चेम्बर अफ कमर्शकी कार्यसमिती सदस्य जानकी प्रधान श्रेष्ठले कार्यक्रममा उपस्थितीका लागि सबैलाई धन्यवाद ज्ञापन गरिन ।

    कार्यक्रममा बिशेष गरि बेसार,मौरि पालन तथा मह उत्पादन, कफि र चियाकाे ब्यावसायिक खेति गरेर नेपालको उत्पादनमुखि अर्थतन्त्रमा जोडिएका विभिन्न जिल्लाका सफल महिला उद्यमीहरु कार्यशाला तथा अन्तरक्रिया कार्यक्रममा जोडिएका थिए ।

    सोमबार, भदौ २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.