भरतपुर/चितवनको गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडलेदुध र दुधका परिकार विक्रि गर्ने विक्रि केन्द्र संचालनमा ल्याएको छ । दुग्ध प्रशोधन गरी आफ्नै ब्रान्डको दूध तथा दूधजन्य परिकार बजारमा ल्याएको सहकारीले सोमवार श्रीकृष्ण जन्माष्टमीको अवसरपारी भरतपुर २२, धनौजीमा केन्द्रीय कार्यालय रुपमा विक्रि केन्द्र समुद्घाटन गरेको हो ।

विक्रि केन्द्रको उद्धघाटनै गर्दै प्रदेश सासंद रामलाल महतोले किसानले आफ्नो उत्पादको मुल्य आफैले तोक्न नसकेको अवस्थामा किसान संगठित हुदाआफ्नो उत्पादनको मुल्यआफैले तोकेर आफैले विक्रिगर्ने अवस्थाआएको भन्दै खुशी व्यक्त गर्नु भयो । उहाँले दूधको बजारीकरण र यन्त्री करणका लागी प्रदेश बाट समेत भुमिका खेलने बताउनु भयो । यस्तै भरतपुर महानगरपालिका २२ का वडा अध्यक्ष विष्णुराज महतोले सहकारीको यस कार्यले आत्मनिर्भरता संगै पैसा बाहिर जानजोगाउने बताउनु भयो ।

गंगानगर दुग्ध सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्णप्रसाद सापकोटाले सहकारीले दूध संकलन गरेर डेरी उद्योगलाई विक्रि गर्दा किसानको लागत पनि उठ्न गाह्रो भएकाले किसानलाई दूधको उचित मूल्य दिलाउनेअपेक्ष सहित उद्योगका रुपमा सहकारीलाई विकास गरेको बताउँनु हुन्छ । यो सहकारीले आफ्नै नमुना पशुपालन फार्म तथा स्रोत केन्द्रमार्फत सहकारीमा दैनिक छ हजारभन्दा बढी लिटर दूधउत्पादन र संकलन गर्दै आएको छ ।
गतवर्ष देखि परिक्षणको रुपमा ‘गंगा’ ब्रान्डको दूध र दूधजन्य परिकारहरूको उत्पादन बजारमा ल्याएको सहकारीले ३ महिना अघि गंगाब्रान्डले खाद्यान्न अनुग्या पत्रसमेत पाएको छ । सहकारीले यो पहिलो विक्रि केन्द्र भएपनि यो सहित सहकारीले चितवन, नवलपरासी, रुपन्देही, मकवानपुर, तनहुँ, कास्की, गोर्खा, धादिङ र काठमाडौंका मुख्य बजार क्षेत्रमा उत्पादित वस्तु तथा सेवा खुद्रा तथा थोक बिक्री गर्ने लक्ष्य राखेको छ ।

विक्रि केन्द्र बाटपहिलो चरणमा दूधबाट दही, मोही, घ्यू, पनीर, नौनी, खुवा, बटर, छुर्पी,क्रिमलगायतका विभिन्न मिठाईका उत्पादन र विक्रि सुरु भएको संस्थाका व्यवस्थापक राम प्रसाद सापकोटाले बताए । उहाँकाअनुसार सहकारीले क्रमश उत्पादन र परिकार बढाउँदै लैजाने छ ।
प्रशोधनका केन्द्रकाअपरेटर गोविन्दआचार्यले ताजा दूधको , तत्कालै परिकार बन्ने हुदाअन्तको भन्दा गुणस्तरीय र शुद्ध परिकार उत्पादनहुने दावी गरे । सहकारीले करिब २ करोडको लगानीमा उद्योग सहित सहकारीकै भवनमा विक्रि केन्द्रको स्थापना गरेको हो । ०४९ सालमा स्थापनाभएको यस सहकारीमाअहिले पाँच सयभन्दा बढी किसान आबद्ध छन् ।




